• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

टर्किस ड्रामाकी अभिनेत्रीले भित्री वस्त्रको विज्ञापन खेलेपछि पाकिस्तानमा रोइलो

  •   बुधबार, बैशाख ०७, २०७९ मा प्रकाशित
तस्वीर- टीआरटी/दिरिलिस एर्तुग्रुल/स्क्रिनग्राब

पछिल्लो समय नेपालमा पनि टर्किस नाटकहरु लोकप्रिय बन्दै गइरहेका छन् । नेपाली युवापुस्ताको एउटा जमातमा टर्किस ड्रामाको खुबै फ्यान फलोइङ छ ।

यस्तै ‘एर्तुग्रुल’ नामक टर्किस ड्रामाले केही वर्षअघि पाकिस्तानी टेलिभिजन क्षेत्रमा पनि ठूलो चर्चा कमाएको थियो । उस्मानी साम्राज्यका संस्थापक ओसमान गाजीका बाबु भनी विश्वास गरिने एर्तुग्रुल गाजीको जीवनीमा आधारित यो ऐतिहासिक टर्किस ड्रामा उर्दू भाषामा पाकिस्तानी टेलिभिजनमा रिलिज भएपछि यसको चर्चा अझ चुलिन पुग्यो ।

यो टर्किस ड्रामा फेरि चर्चाको शिखरमा छ । तर अहिले यो चर्चामा आउनुको कारण भने केही अपत्यारिलो छ । एर्तुग्रुलमा एर्तुग्रुल गाजीकी श्रीमती हालिमे हातुनको भूमिका निभाएकी अभिनेत्री एर्जा बिल्गचले भित्री वस्त्रको विज्ञापन खेलेपछि एर्तुग्रुलका पाकिस्तानी फ्यानहरु आक्रोशित भएका हुन् ।

उनले फेसन ब्राण्ड भिक्टोरिया सिक्रेटको भित्री वस्त्रको विज्ञापन खेलेकी थिइन् । यसबारे उनले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेपछि सामाजिक सञ्जालका पाकिस्तानी प्रयोगकर्तामाझ उनले खेलेको विज्ञापनलाई लिएर खैलाबैला नै मच्चियो ।

‘हे ईश्वर ! एर्तुग्रुल भाइको नाक काट्यौ’ एकजना पाकिस्तानी सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले ‘समुदायको इज्जत तिम्रै हातमा थियो, हालिमे’ लेखेका छन् ।

अर्का प्रयोगकर्ताको टिप्पणी छ, ‘हालिमे यो के गर्दैछौ ? एर्तुग्रुल सरदारले तिमीसँग यसैका लागि बिहे गरेका थिए ? तिम्रा छोरा ओसमान बेले अविश्वासीहरुसँग बहादुरीपूर्वक लडेका थिए र तिमी यहाँ यो गरिरहेकी छौ ? ईश्वरले माफ गरुन्, ईश्वरले माफ गरुन् ।’

अरु केही प्रयोगकर्ताले भित्री वस्त्रको विज्ञापन सुट गर्दा खिचेको तस्वीर सामाजिक सञ्जालबाट डिलिट गर्न समेत रोइलो गरेका छन् । यस्ता कमेन्टले उनका अरु केही फ्यानलाई भने लाजमर्दो महसुस भएको छ र कतिले उनीसँग माफी समेत मागेका छन् ।

यता अभिनेत्रीले भने पाकिस्तानी फ्यानको यस्तो कमेन्ट देखेर प्रतिक्रिया दिएकी छिन् । सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘प्रिय पाकिस्तानीहरू, यो टर्की हो, पाकिस्तान होइन ।’

बुधबार, बैशाख ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.