• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

सहकारीमा करोडौं रकम अपचलन: तीन जनालाई थुनामा पठाउन आदेश

  •   बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित

काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरीमा रहेको मेगाड्रिम सहकारीको करोडौं रकम अपचलन प्रकरणमा अदालतले तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले पक्राउ परेका चार जना मध्ये तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिएका छन्।

उपाध्यक्ष बासुदेव भट्ट, सचिव इन्द्रप्रसाद गेलाल र संयोजक उमाकान्त न्यौपाने पुर्पक्षको लागि थुनामा पठाइएका हुन्। सूचना अधिकारी बास्कोटाका अनुसार सहकारीका सदस्य रहेका शरदकुमार अधिकारीसँग भने धरौटी माग गरेको छ। उनीसँग ७ लाख धरौटी माग गरेको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार यस सहकारीको बचतकर्ताको करोडौं रकम अपचलन गरेको मुद्दा जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो।त्यसमा थुनछेक बहस भई बुधबार आदेश भएको हो। प्रहरीले यस सहकारीको अनुसन्धान सकेर जेठ २३ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। यस सहकारीमा १० जनालाई प्रतिवादी बनाइएको थियो। तर अध्यक्षसहित ६ जना अझै फरार नै छन्। अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रबिनकुमार कार्की, सदस्यहरू राजकुमार श्रेष्ठ, प्रकाश घिमिरे, लेखासुपरिवेक्षण समिति सदस्य सुभद्रा चौलागाई र शेखर बस्नेत फरार छन्।

उनीहरूविरूद्ध १६२ जना पीडितले जाहेरी दिएका छन्। उनीहरूले जम्‍मा गरेको २१ करोड ५६ लाख ९३ हजार ६६९ रुपैयाँ हिनामिना भएको अनुसन्धानबाट खुलेको थियो।

सरकारी वकिलले सोही रकम मागदाबीसहित बिगो कायम गरेको थियो। सरकारी वकिलले उनीहरूविरूद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा २ अनुसार ठगी गरेको भन्दै सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना मागदाबी समेत गरेको थियो। फरार रहेका अध्यक्ष महाशंकर रेग्मीले एसडिजी नामक कम्पनीमा २० करोड लगानी गरेको, ७ करोड ऋण लिएर नतिरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

त्यस्तै उनको चितवनमा र उनकी श्रीमतीको नाममा दहचोकमा समेत जग्गा खरिद गरेको देखिएको छ। सरकारी वकिलले पेश गरेको प्रतिवेदन अनुसार उनको जोरपाटीमा रहेको लिम्पिया स्कुलमा ८ करोडको शेयर समेत देखिएको छ।

बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.