• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

मुक्तिकोट भएन कुपोषण मुक्त

  •   शनिबार, असार १६, २०८१ मा प्रकाशित

बाजुरा जिल्लाको दुर्गम क्षेत्र स्वामीकार्तिक गाउँपालिका मुक्तिकोटले कुपोषणबाट अझै मुक्ति पाउन सकेको छैन । कुपोषणग्रस्त गाउँका रूपमा परिचित मुक्तिकोटमा कुपोषणले नछोएका बालबालिका विरलै भेटिन्छन् ।

केही दिनअघि मात्र स्वामीकार्तिक–१ र २ वडा रहेको मुक्तिकोट गाउँमा दुई जना बालबालिकाको मृत्यु भएको छ । लामो समयदेखि कुपोषणबाट ग्रसित हुँदै आएका बालबालिकाको मृत्यु भएको मुक्तिकोट स्वास्थ्य संस्थाका इन्चार्ज वृज विकले बताउनुभयो ।

उहाँका अनुसार कुपोषणले थलिएकी दुमली विककी १७ महिने छोरी जमुना विकको र रूपसरा न्यौपानेकी १४ महिने छोरा सन्तोष न्यौपानेको मृत्यु भएको हो । वैशाख लागेयता २२ जना कडा कुपोषित बालबालिकामध्ये सात जनालाई उपचारपछि घर पठाइएको छ ।

१६ जना बालबालिकालाई जटिल कुपोषण भएकाले स्वास्थ्य संस्थामा भर्ना गरेर उपचार भइरहेको छ । आर्थिक अभावका कारण सुविधा सम्पन्न अस्पतालमा उपचार नपाएको कारण ती दुई बालबालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । आमा दमली विकको पेटमा अर्को बच्चा रहेको र श्रीमान् भारतमा रहेका कारण छोरी कुपोषणबाट प्रभावित हुँदा पनि उपचार गर्न नसकेको बताइएको छ । सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालमा पोषण पुनस्र्थापना केन्द्र छ । तर त्यहाँसम्म उपचार गर्न नसक्ने अवस्था रहेका कारण बालक न्यौपानेको मृत्यु भएको उहाँले बताउनुभयो । “गाउँमा कुपोषणको निकै डरलाग्दो अवस्था रहेको छ, हामीले कडा कुपोषित बच्चा मात्र उपचार गर्ने गरेका छौँ, बाँकी मध्यम तथा सामान्य बालबालिका कुपोषणग्रस्त छन्,” उहाँले भन्नुभयो, “सम्बन्धित गाउँपालिकासँग पटक पटक यस विषयमा जानकारी गराउँदा पनि चासो देखाएका छैन्न ।”

रिता विककी १३ महिनाकी छोरी सलिना विक पनि कडा कुपोषणबाट ग्रस्त छिन् । घरमा पोसिलो खानेकुरा नहुँदा सलिना मात्र नभई आमा रिता पनि कुपोषणको सिकार बन्नुभएको छ । उहाँका अन्य सन्तानसमेत कुपोषित छन् । सधैँका वर्षमा कुपोषणले गर्दा सो गाउँमा बालबालिकाको मृत्यु हुने गरेको छ । २०७८ सालमा आठ जनाको मृत्यु भएको मुक्तिकोट स्वास्थ्य चौकीले जानकारी दिएको छ । २०७८ सालमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि गाउँपालिकाले कुपोषणबारे अध्ययन गरेको थियो ।

मुक्तिकोट गाउँका ३०८ परिवारमा निकै कुपोषण रहेको प्रतिवेदनमा उल्लेख थियो । उक्त प्रतिवेदनमा बालबालिका मात्र नभएर किशोर, किशोरी, अशक्त, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी पनि कुपोषित रहेको उल्लेख थियो । यहाँ दुई वर्षयता मात्र १३ जना बालबालिकाको मृत्यु भएको छ ।

फियान नेपालका बाजुरा संयोजक सबिता थापाका अनुसार कुपोषणले बच्चा मर्ने समस्या यहाँका लागि सामान्य जस्तै भएको छ । मुक्तिकोटमा दलित परिवारको बसोबास रहेको छ । नेपालको सबैभन्दा गरिब गाउँका रूपले परिचित यस गाउँमा भोकमारी हुने गरेको छ ।

मुक्तिकोटमा उच्च प्रजनन दर, उच्च बाल मृत्यु दर, परिवार नियोजनका साधनको प्रयोग न्यून रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बर्सेनि धेरै बालबालिका कुपोषणको चपेटामा परेको भए पनि राज्यको ध्यान नगएको स्थानीय डबल विकले बताउनुभयो । गाउँमा शत प्रतिशत बालविवाह छ । यहाँ २० वर्षभन्दा कम उमेरका सबै विवाहित भेटिने गरेका छन् । गरिबी र अभाव भए पनि यहाँ धेरै सन्तान जन्माउने चलन छ । स्वामीकार्तिक गाउँपालिकाले मुक्तिकोटलाई कुपोषणबाट मुक्त गर्न नयाँ योजना सार्वजनिक गर्न सकेको छैन ।

  • #कुपोषण
  • #मुक्तिकोट
शनिबार, असार १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.