• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

सहकारीका अध्यक्षसहित चार ४जना प्रहरीद्धारा पक्राउ

  •   सोमबार, असार १८, २०८१ मा प्रकाशित

सात अर्ब १७ करोड दुई लाख ७५ हजार ९८४ रुपियाँ अपचलन गरी फरार श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चार हजार ५२८ बचतकर्तालाई बिचल्ली बनाएर विद्यालयदेखि कृषिसम्म स्वैच्छिक लगानी गरेर फरार रहेको ललितपुरको पुल्चोकस्थित लालीगुराँस सहकारी अध्यक्ष, कार्यकारी अधिकृतसहित चार जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० फागुन २९ गते समस्याग्रस्त घोषणा गरेको सहकारीका अध्यक्ष काठमाडौँ चुनदेवीका अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत गोरखा सिरानचौरका सुरेन्द्र भण्डारी, कोषाध्यक्ष काठमाडौँ लाजिम्पाटका अमृतकुमार अर्याल र सहकारीका सदस्य काठमाडौँ चाबहिलका कदमबाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चारै जनालाई शुक्रबार राति पक्राउ गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार ललितपुरको पुल्चोकमा मुख्य कार्यालय तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २२ जिल्लामा २६ वटा शाखा विस्तार गरी प्रत्यक्ष चार हजार ५२८ सहित २२ हजारभन्दा बढी सर्वसाधारणको साढे छ अर्ब रुपियाँ अपचलन गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् ।

सर्वसाधारणलाई आकर्षक ब्याज तथा आवश्यक परेका बेला सबै रकम र ऋणसमेत दिने प्रलोभनमा पारेर बचत गर्न लगाएको बचत रकम अनियमितता गरेर सहकारी सञ्चालक एक वर्षदेखि सम्पर्कविहीन थिए । प्रहरीले सिइओ भण्डारी शुक्रबार राति बालुवाटरस्थित एक विदेशीले सञ्चालन गर्ने होटलमा रहेको सूचना पाएपछि प्रहरीले पिछा गर्ने क्रममा अन्य चार जनालाई पनि पक्राउ गरेको जनाएको छ । अन्य पाँच जना फरार रहेकाले खोजी भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा बचतकर्ताको रकम हिनामिना गरी सिइओ भण्डारीसहित सहकारीका पदाधिकारीले घरजग्गा, पशुपालन तथा दुग्ध प्रशोधन कम्पनीमा लगानी गरेको पाइएको छ । पीडितको उजुरीपछि प्रहरीले २०८० चैत ३० ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

नागरिकको बचत, लगानी व्यक्तिगत अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सहकारीको रकम हिनामिना गरी अध्यक्ष श्रेष्ठ र सिइओ भण्डारी काठमाडौँका विभिन्न होटलमा लुकिछिपी बस्दै आएका थिए ।

सहकारीको अधिकांश रकम सिइओ भण्डारीको नेतृत्वमा अपचलन गरेको पाइएको छ । प्रहरीसँगको बयानमा भण्डारीले रकम पशुपालन तथा दुग्ध प्रशोधन कम्पनीमा लगानी गरेको दाबी गरेका छन् । भण्डारीले हिनामिना गरेको रकमबाट दुई अर्ब रुपियाँको निजी सम्पत्ति जोडेको खुलेको छ ।

२०५६ मा उक्त सहकारीमा प्रबन्धकको भूमिकामा प्रवेश गरेका भण्डारी हाल सहकारीको सिइओ तथा सचिवको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । २०६६ र २०७६ सालमा दुई पटक सहकारी राष्ट्रिय विकास बोर्डको सञ्चालक तथा २०७२ देखि २०७७ सालसम्म राष्ट्रिय सहकारी महासङ्घमा वरिष्ठ सञ्चालकमा नियुक्त भएका भण्डारीले हिनामिनाको रकमबाट महँगो गाडी र विलासी जीवन बिताइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भण्डारीको स्वामित्वमा चितवनको खैरेनीमा झन्डै २० बिघा जमिनमा लालीगुराँस डेरी फार्म तथा रिसर्च सेन्टर स्थापना गरी ५५० वटा गाईपालनमार्फत दुग्ध उत्पादन भइरहेको पनि प्रहरीले जनाएको छ । चितवनमा उत्पादन भएको दुध प्रशोधन गरी वितरण गर्न ललितपुरको गोदावरीमा दुग्ध प्रशोधन केन्द्रसमेत स्थापना गरेको खुलेको छ ।

सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ ३१ वर्ष काम गरेर नेपाल बैङ्क लिमिटेडको मुख्य कार्यालय न्युरोडमा प्रमुख प्रबन्धकबाट अवकाशपछि सहकारीमा जोडिएको खुलेको छ । प्रहरीले २०६१ मा सहकारीको सचिव र २०६४ मा उपाध्यक्ष बनेका श्रेष्ठ २०७४ देखि अध्यक्षको जिम्मेवारीमा रहेको जनाएको छ ।

सोमबार, असार १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.