• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

पूर्वसूचना प्रणाली प्रभावकारी बन्दै, सुचनाले बचायो धेरैको ज्यान

  •   मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशव्यापी वर्षाको अनुमान गर्दै मौसमी पूर्वसूचना प्रवाह ग-यो । गत बिहीबार प्रवाह गरेको त्यस्तै सूचनाका आधारमा गृह मन्त्रालय र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणले सम्भावित स्थानको जिउधनको रक्षाको योजना बनायो ।

त्यति मात्र नभई त्यही पूर्वसूचनाकै आधारमा बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानका ठुलासाना नदीको डिजिटल अनुगमन गर्दै पूर्वदेखि पश्चिमसम्मका नदीको बहावबारे अर्को पूर्वसूचना प्रवाह ग-यो । त्यस अनुरूप बाढीको जोखिमबाट मानिसको ज्यान बचाउनशुक्रबार र शनिबार ३४ लाख मोबाइल सन्देश प्रवाह गरियो ।

बाढी पूर्वानुमान महाशाखाका मौसमविद् सुनील पोखरेलका अनुसार आइतबार र सोमबारसम्म थप १५ लाख मोबाइल सन्देश प्रवाह गरिएको छ । बाढीले बगाउन सक्ने नदी तटीय क्षेत्रका बासिन्दाको ज्यान बचाउन पूर्वसूचना निकै प्रभावकारी रहेको विश्लेषण उहाँले गर्नुभयो । मोबाइलमा सन्देश आएपछि स्थानीयले जवाफसमेत फर्काउने गरेका छन् । अब हामी कहाँ जाने ? म्यासेज मात्र हैन खानेकुरा पनि पठाइदिनू, जिल्ला प्रशासनमा पनि यो सन्देश दिनुप¥यो, उद्धार गर्ने मान्छे कता छन् ? बाढी कुन ठाउँमा आउने हो ? जस्ता प्रश्नसहितका जवाफ आउने गरेको पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार यस पटकको सन्देशले मधेश क्षेत्रका तटीय बस्तीका बासिन्दालाई डुबानबाट जोगाउन सकिएको छ । त्यस्तै सुदूरपश्चिममा बढेको महाकाली, राप्ती, बबई, कर्णाली जस्ता ठुला नदीको बहाव उच्च हुने पूर्वसूचना र त्यसपछिको पठाइएको सन्देशले त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । आइतबार रातिदेखि सोमबारसम्म तराई क्षेत्रका झन्डै एक हजार पाँच सय मानिसलाई सुरक्षित स्थानमा सार्न पहल हुनु पूर्वसूचनाकै परिणाम रहेको पोखरेलले औँल्याउनुभयो ।

पूर्वसूचनाकै आधारमा समुदायको बलियो सम्पर्क सञ्जालमार्फत विपत्बारेमा थाहा पाएका छन् । उनीहरूले आफू मात्र होइन, अरूलाई बचाउन पनि पहल गरेको पाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आफ्ना पूर्वसूचनालाई तीनदेखि एक सातासम्ममा वर्गीकरण गरेर आम समुदाय र सरोकारवाला निकायसम्म पु¥याउँदै आएको छ । मौसमविद् शान्ति कँडेल भन्नुहुन्छ, “पूर्वसूचनाकै आधारमा काम गर्नसमेत सचेत गराउने गरिने मात्र नभई मानिसका हात हातमा पुगोस् भनेर सामाजिक सञ्जालमार्फत पनि पूर्वसूचनाको जानकारी दिइएको छ ।”

मनसुनको न्यूनचापीय रेखा नेपालनजिक रहेकाले ठुलो वर्षाको पूर्वानुमान गरिएपछि सरकार, प्राधिकरण, नेपाली सेना, प्रहरीलगायत राहत तथा उद्धार गर्नुपर्ने निकायले थप राय सुझाव लिने गरेको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो ।

नेपालमा मनसुनी वर्षाको पूर्वसूचना बलियो बन्दै जाँदा जनधनको क्षति कम गराउन सकिएको दाबी उच्चाधिकारीहरू गर्नुहुन्छ । नेपाल जस्तो भौगोलिक विविधतायुक्त क्षेत्रमा मौसमसम्बन्धी पूर्वसूचना बलियो भएमा आम नागरिकको जिउधन तथा सम्भावित भौतिक तथा आर्थिक क्षति पनि कम गर्न सकिने कुरालाई सरकारले पनि स्वीकार गर्दै पूर्वसूचनाकै आधारमा राष्ट्रियदेखि स्थानीय तहसम्मको विपत् जोखिम न्यूनीकरणका योजना बन्न थालेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो ।

मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.