• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

भृकुटीमण्डपको भाडामा अनियमितता, आठ करोड उठाउन ३५ दिने सूचना निकालिँदै

  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित

काठमाडौं ,भाद्र १३

लामो समयसम्म काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को जग्गा, भवन र स्टल प्रयोग गर्ने तर भाडा चाहिँ नबुझाउनेबाट भाडा उठाउन परिषद्ले पहल थालेको छ ।

राजनीतिक पहुँचका आडमा २५–३० वर्षदेखि ४७ विभिन्न परिषद्का त्यस्ता संरचना कब्जा जमाई बसेका सङ्घ संस्था र व्यक्तिले आठ करोड दुई लाख ४९ हजार ६१९ रुपियाँ तिर्न अटेर गर्दै आएका छन् ।

परिषद्का सदस्यसचिव मनोज भट्टले संरचना ओगट्ने तर बक्यौता तिर्न आलटाल गर्न थालेपछि गत असार मसान्तमा नै एकमुष्ट आठ करोड दुई लाख ४९ हजार ६१९ रुपियाँ उठाउने गरी प्रशासनिक प्रक्रिया सुरु गरेको बताउनुभयो । बक्यौता उठाउन ३५ दिने सूचना जारी गर्न लागेको जानकारी दिँदै उहाँले भन्नुभयो, “हामी २५–३० वर्षअघिको बक्यौता उठाउन प्रक्रियामा जाँदै छौँ । कतिपय निर्णय परिषद्बाट मात्रै गरेर हुँदैन । कार्यसम्पादन समिति हुँदै मन्त्रीस्तरीय निर्णय गरेपछि बक्यौता उठाउन सकिन्छ ।”

आफू सदस्यसचिव भएर आएपछि बक्यौता उठाउने विषयमा नै धेरै मन्त्रीसँग कार्य गरेको तर कतिपय कारणले अहिलेसम्मको प्रक्रियामा पुग्न अवरोध झेलेको उहाँले बताउनुभयो । उहाँले धेरै पहल गरेर मन्त्रीलाई सहमत गराए पनि सत्ता परिवर्तन हुँदा ती मन्त्री हटेपछि काम हुन नसकेको अनुभव पनि सुनाउनुभयो ।

उहाँले उमा रेग्मी, भगवती चौधरी, महिन्द्र राय यादव, सुरेन्द्रराज आचार्य, पुनः भगवती चौधरी र वर्तमान मन्त्री नवलकिशोर साह सुडी गरेर छ मन्त्रीसँग काम गरेको तर सत्ता परिवर्तन हुँदा बक्यौता उठाउन ढिला हुन पुगेको स्वीकार गर्नुभयो । उहाँका अनुसार बक्यौता उठाउन मन्त्री आचार्य र चौधरी सकारात्मक भए पनि सत्ता परिवर्तनकै कारण बक्यौता उठाउन ढिलाइ भएको हो । भृकुटीमण्डपको बक्यौता उठाउन महालेखा परीक्षकको कार्यालय, विभागीय मन्त्रालय र सर्वसाधारणबाटै प्रश्न उठिसकेकाले कानुनी प्रक्रियामा जान खोज्दा ढिला भएको उहाँले बताउनुभयो तर अहिले मन्त्री नवलकिशोर साह सुडीलाई समेत ब्रिफिङ गरिसकिएको र सकारात्मक सङ्केत पाएकाले प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।

उहाँले भाडा तिर्न अटेर गर्नेलाई ५० पटकभन्दा बढी पत्राचार गरिसकिएकाले अब ३५ दिने सूचना जारी गर्न लागिएको बताउनुभयो । राजनीतिक संरक्षणकै कारण लामो समय बक्यौता नउठेको स्वीकार गर्दै उहाँले राज्यलाई नै नटेरेका कारण यति धेरै बक्यौता भएको धारणा व्यक्त गर्नुभयो ।

“हामीलाई बक्यौता उठाउन नसकेको सजिलै आरोप लगाउन सकिन्छ । कर्मचारीको मिलोमतो भन्न पनि सकिन्छ तर पैसा नदिएपछि के गर्ने ? कानुनबमोजिम धेरै पटक पत्राचार गरिएकै छ । सबै प्रयास विफल भएपछि सूचना जारी गर्ने अवस्थामा पुगेका हौँ,” उहाँले भन्नुभयो ।

परिषद्का प्रशासन प्रमुख दुर्गाप्रसाद भट्टराईले राजनीतिक दलका नेतादेखि पत्रकार तथा कर्मचारीका संस्थासम्मले भाडा तिर्न अटेर गर्दै आएको बताउनुभयो । उहाँका अनुसार प्रायःको २०५० देखि २०६२/६३ अघिसम्मको पनि बक्यौता छ । भाडा लिएर सम्झौता गर्नेलाई पटक पटक सम्पर्क गर्दा उनीहरूको फोन नै नलाग्ने गरेको परिषद्का अधिकारीहरूले बताए । सम्पर्कविहीन भएका नौ व्यक्ति र संस्थालाई हुलाकमार्फत पत्र पठाएर बक्यौता तिर्न सूचित गरिएको छ ।

सबैभन्दा बढी रकम तिर्न बाँकी भएकामध्ये काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको दुई करोड २० लाख ४१ हजार रुपियाँ छ । बालबालिकाका निम्ति गैरसरकारी महासङ्घको ६९ लाख पाँच हजार ८९६, राष्ट्रिय अपाङ्ग महासङ्घको ९१ लाख ४७ हजार ६२७, नेपाल नेत्रहीन सङ्घको ४१ लाख ३२ हजार २०६, रिपोर्टर्स क्लबको ४६ लाख ५८ हजार ६४९, उपभोक्ता मञ्च नेपालको ३६ लाख ८९ हजार ३९८, नेपाल अपाङ्ग समाज बहुद्देश्यीय संस्थाको ३६ लाख ५६ हजार ५१०, गणेशमान अध्ययन प्रतिष्ठानको २९ लाख २९ हजार ५४१ रुपियाँ रहेको छ ।

बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.