• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

नेपाल क्यानडासँग चार विकेटले पराजित

  •   बुधबार, असोज १६, २०८१ मा प्रकाशित

काठमाडौँ- क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ ।प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जित सहजै आफ्नो पक्षमा पार्‍यो ।

क्यानडाको किङ सिटीमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत राम्रो रह्यो । पहिलो विकेटका लागि अनिल साह र आशिफ शेखले ७० रनको साझेदारी गरे ।

खेलको पहिलो ओभरको पहिलो र पाँचौ बलमा चौका प्रहार गर्दै साहले राम्रो सुरुआत गरे । दोस्रो ओभरको पहिलो बलमा एक रन लिएर आशिफले साहलाई स्ट्राइक दिए । साहले दोस्रो ओभरको दोस्रो, चौथो र अन्तिम बलमा छक्का प्रहार गरे ।

नेपालले तेस्रो ओभरमा आशिफको एक चौकासहित छ रन बटुल्यो । चौथो ओभरमा एक चौथासहित नेपालको खातामा सात रन थपियो । पाँचौ ओभरमा आशिफले एक छक्का प्रहार गरे भने छैटौँ ओभरमा दुई चौकाको सहयोगमा १० रन बटुलेपछि नेपालले ‘पावरप्ले’मा नौ दशमलव ३३ रनरेटको औसतमा ५६ रन बनायो ।

पावरप्लेपछि नेपालको रनको गति सुस्त भयो । सातौ ओभरमा जम्मा चार रन आयो भने आठौ ओभरमा एक चौकाको सहयोगमा छ रन थपियो । नवौँ ओभरमा जम्मा चार रन थपिँदा नेपालले विना विकेट ७० रन बनायो ।

त्यसपछि नेपालले लय बिग्रियो । दसौँ ओभरको पहिलो बलमा हर्ष ठाकरले अनिल साहको विकेट लिए । त्यसपछि सोही ओभरमा नेपालले चार रन थप्यो । एघारौँ ओभरमा नेपालले दोस्रो विकेटका रुपमा आशिफलाई गुमायो । उनलाई साद विन जाफरले आउट गरे ।

नेपालको विकेट झर्ने क्रम १२औँ ओभरमा पनि जारी रह्यो । कप्तान रोहित पौडेल व्यक्तिगत चार रनमा हर्ष ठाकरको सिकार भए । लगातार तीन ओभरमा १० रन जोड्दा तीन विकेट गुमाएको नेपाल त्यसपछि दबाबमा पर्‍यो ।

तेह्रौँ ओभरमा जम्मा दुई रन आयो भने १४औँ ओभरमा नेपालले कुशल मल्लका रुपमा चौथो विकेट गुमायो । मल्लले व्यक्तिगत चार रन बनाउँदा प्रवीन कुमारले आउट गरे ।

नेपालले १५औँ ओभरमा चार रन र १६औँ ओभरमा छ रन मात्रै बटुल्न सक्यो । १७औँ ओभरको दोस्रो बलमा गुलसन झाले छक्का प्रहार गर्दै केही आशा जगाए । उक्त ओभरमा नेपालले नौ रन जोड्न सक्यो ।

तर १८औँ ओभरको तेस्रो बलमा नेपालले कुशल भुर्तेलका रुपमा पाँचौ विकेट गुमायो । सोही ओभरको अन्तिम बलमा गुलसनले व्यक्तिगत दोस्रो छक्का प्रहार गरे । नेपालले १९औँ ओभरमा एक चौकासहित १२ रन जोड्यो ।

अन्तिम ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरी व्यक्तिगत १३ रनमा आउट भए । त्यसपछि सोही ओभरको पाँचौ बलमा करण केसीको छक्काको सहयोगमा नेपालले उक्त ओभरमा ११ रन जोड्यो ।

पहिलो नौ ओभरमा सात दशमलव ४० को औसतले रन बनाएको नेपालले पारी सकिँदा छ दशमलव ९५ औसतमा १३९ रन मात्रै बनाउन सक्यो ।

नेपाललाई मध्यमक्रममा समेट्ने क्रममा क्यानडाका लागि हर्ष ठाकरले दुई विकेट लिए । साथै दिलोन हेलिङ्गर, अखिल कुमार, प्रवीण कुमार र साद विन जफरले समान एक/एक विकेट झारे ।

एक सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाको सुरुआत मध्यम रह्यो । पहिलो छ ओभरमा क्यानडाले एक विकेटको क्षतिमा ३४ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि पहिलो दुई विकेट लिँदै ललित राजवंशीले केही आशा जगाए । राजवंशीले पाँच दशमलव एक ओभरमा पहिलो विकेटका रुपमा नवनित धालिवाललाई आउट गरे ।

धालिवालले १६ बल खेल्दै दुई चौकाको सहयोगमा १२ रन मात्रै बनाउन सके । क्यानडाले दोस्रो विकेट आठौँ ओभरको पाँचौ बलमा गुमायो । हर्ष ठाकरलाई व्यक्तिगत ११ रनमा रोक्दै पवेलियन फर्काए ।

त्यसपछि नेपालले १२औँ ओभरमा महत्वपूर्ण दुई वटा सफलता प्राप्त ग¥यो । उक्त ओभरको तेस्रो बलमा सोमपाल कामीले निकोलस किर्तनलाई व्यक्तिगत २६ रनमा आउट गरे । किर्तनले १४ बलमा दुई छक्का र एक चौका प्रहार गरे । सोही ओभरमा चौथो बलमा ओपनर दिलप्रित बाज्वा २५ रन बनाउँदै रन आउट भए ।

त्यसपछि क्यानडाको रनको गति सुस्त भयो । उसले १३औँ ओभरमा एक चौकासहित छ रन जोड्यो भने १४औँ ओभरमा जम्मा तीन रन मात्रै थप्यो ।

नेपालका लागि सन्दीप लामिछानेले १५औँ ओभरमा थप दुई सफलता दिलाए । उनले उक्त ओभरको पहिलो बलमा श्रेयस मोभालाई व्यक्तिगत आठ रन र सोही ओभरमा तेस्रो बलमा दिलोन हेलिङ्गरलाई खाता खोल्न नदिइ पवेलियन फर्काए ।

क्यानडालाई अन्तिम पाँच ओभरमा १० रनको औसतले ५० रन बनाउनुपर्ने थियो । सोह्रौँ ओभरमा क्यानडाले एक चौकासहित आठ रन र १७औँ ओभरमा एक चौकासहित नौ रन जोड्यो । त्यसैगरी १८औँ ओभरमा सोमपाल कामीले एक चौका र नो बलसहित १२ रन खर्चिए ।

उन्नाइसौँ ओभरमा बलिङका लागि आएका करण केसीले महत्वपूर्ण १८ रन दिए । केसीको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै साद विन जफरले खेललाई आफ्नो नियन्त्रणमा लिए । तेस्रो बलमा जफरले एक रन लिँदै स्ट्राइक रवीन्द्रपल सिंहलाई दिए । सिंहले सोही ओभरको चौथो बलमा छक्का प्रहार गर्दै क्यानडालाई जित नजिक पुर्‍याए ।

क्यानडालाई अन्तिम ओभरमा तीन रन आवश्यक भयो । अन्तिम ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरीले एक रन खर्चिए । त्यसपछि क्यानडाले वाइडमार्फत अतिरिक्त एक रन प्राप्त गर्दा स्कोर बराबरीमा पुग्यो । उक्त ओभरको तेस्रो बलमा जफरले विजयी रन प्रहार गरे ।

क्यानडासामू मध्यम लक्ष्य प्रस्तुत गरेको नेपाल डेथ ओभरमा सम्हालिन नसक्दा क्यानडाले सहजै जित दर्ता गर्‍यो । नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले दुई/दुई र सोमपाल कामीले एक विकेट लिए । अठार बलमा ३३ रन बनाउनुका साथै एक विकेट लिएका साद विन जफर प्लेयर अफ द म्याच घोषित भए ।शृङ्खलाअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल बुधबार ओमानविरुद्ध खेल्नेछ ।

बुधबार, असोज १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.