वैशाख १७ , भरतपुर । अखिल नेपाल प्रगतिशील चिकित्सक संघ, चितवनको अध्यक्षमा डा. सिपी सेढाई चयन भएका छन् । संघको दोस्रो भेलाले सेढाईको अध्यक्षतमा २५ सदस्य कार्यसमिति गठन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा डा. मधु न्यौपाने, उपाध्यक्षमा डा. रामजी बास्तोला र डा. रमेस थापा चयन भए ।
यस्तै भेलाले सचिवमा डा. खगेन्द्र काफ्ले, सहसचिवमा डा. आविष्कार चापागाईं, कोषाध्यक्षमा डा. विवेक कँडेललाई चयन गरेको छ । सदस्यहरुमा डा. विनोद घर्ती, डा. कविन न्यौपाने, डा. मनिष यादव, डा. समीक्षा आचार्य, डा. प्रोग्रेस शर्मा, डा. विपिन क्षेत्री, डा. विशाल भण्डारी, डा. सुदिप दवाडी, डा. आकृति खनाल, डा. विजय बाबु धमला, डा. सन्तोष बाबु पौडेल, डा. गंगा दत्त अधिकारी, डा. सागर खतिवडा, डा. विनय सुवेदी र डा. संवाद आचार्य चयन भएका छन ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र चितवन जिल्ला समन्वय समितिका संयोजक रामचन्द्र अधिकारी (अर.सी)ले निर्वाचित नयाँ समितिलाई बधाई ज्ञापन गर्नु भएको थियो ।


