• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

यस्ता छन् भाइमसलाका फाइदा

  •   आइतबार, कार्तिक १८, २०८१ मा प्रकाशित

काठमाडौं ,कार्तिक १८
दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो तिहार । तिहारमा सेलरोटी विभिन्न प्रकारका रोटी र मिठाइका लागि प्रचलित छ ।यो पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै टीका लगाउनुका साथै विभिन्न परिकार खुवाउने प्रचलन् छ ।

तिहारमा दाजुभाइलाई बजारमा पाइने रङ्गीबिरङ्गी मिठाइ खुवाउनुका साटो घरमा पकाएर रोटी र भाइमसला दिन चिकित्सकको सुझाव छ ।

भाइमसलामा दिइने काजु, किसमिस, बदाम, ओखर जस्ता ड्राई फ्रूट लामो समयसम्म राखेर थोरै थोरै गरेर पनि खान सकिन्छ ।

आयुर्वेदविज्ञ वरिष्ठ कल्सटेन्ट डा.सवरी साह भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइमसलाका रुपमा ओखर, काजु, किसमिस, बदाम, चकलेट, सुपारी, नरिवल, मखन, काजु लगायतका ड्राई फ्रूट पोषणले भरिपूर्ण हुने बताउनुहुन्छ ।

सुख्खा बदाम, नरिवल, किसमिस, पेस्ता, सुख्खा नरिवल, ओखरमा शरीरमा आवश्यक पर्ने पोषण तत्त्व पाइने डा.साहको भनाइ छ । ड्राई फ्रूटले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरका साथै मस्तिष्कलाई फाइदा पुग्छ ।

उहाँ बताउनुहुन्छ, “खाँदा पनि निकै स्वादिष्ट हुने यस्ता मसलाहरूको प्रयोगले शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुग्नुका साथै रोग निरोधक क्षमता बढाउन मद्दत गर्छ । भाइमसला थोरै मात्रा खाँदा पनि शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्व र मिनिरल प्रशस्त मात्रमा प्राप्त हुने । ”

ड्राई फ्रूटमा शरीरलाई आवश्यक पर्ने बोसो, प्रोटिन, विभिन्न किसिमका भिटामिन पाइन्छ । ड्राई फ्रूट खाँदा पानीमा भिजाएर खाँदा उपयुक्त हुने डा.साहले जानकारी दिनुभयो ।

पाचन प्रणली कमजोर भएका, रगतमा बोसो जमेका, कोलेस्टोल, मुटुका बिरामीले ड्राई फ्रूट खाँदा चिकित्सकको सल्लाह अनुसार खाना डा.साहको सुझाव छ । ड्राई फ्रूट मुख्य खानाको एक दुई घण्टा अगाडि वा एक दुई घण्टा पछाडि खानु उपयुक्त मानिन्छ ।

यस्ता छन् ड्राइफुड्सका फाइदा
ओखर
डा.साहका अनुसार ओखरमा ओमेगा ३, फ्याटी एसिड र एन्टी अक्सिडेन्ट जस्ता पोषण तत्व पाइन्छ । ओखरले मस्तिष्कका लागि फाइदाजनक मानिन्छ । स्वस्थकर बोसो, भिटामिन तथा मिनिरल्स प्रशस्त मात्रामा पाइन्छ । उहाँका अनुसार ओखरले शरीरमा खराब बोसो घटाउन मद्दत गर्छ । उचित मात्रामा नियमित सेवन गर्नाले मोटोपन, प्रेसर, मधुमेह जस्ता रोगको जोखिम घटाउने गर्छ ।

बदाम
बदाममा प्रोटिन, भिटामिन ई, फाइबर, एन्टी अक्सिडेन्ट अत्यधिक मात्रा पाइने डा.साह बताउनुहुन्छ । बदाम उच्च रक्तचाप र मुटुका लागि राम्रो मानिन्छ । यसले हाड बलियो बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ ।

काजु
डा.साहका अनुसार काजु पोषणको हिसाबले उपयुक्त मानिन्छ । काजुमा प्रोटिन, क्यालोरी, बोसो र कार्वोहाइड्रेड जस्ता तीन वटा स्रोत हुन्छन् । यसमा फस्फोरस, म्याग्निसियम, जिंक, भिटामिन ई, भिटामिन बि, भिटामिन के, कपर आदि तत्त्वहरु पाइने हुँदा हड्डी, इम्युन सिस्टम, छाला स्वास्थ्यलाई राम्रो गर्छ ।

किसमिस
किसमिसमा हाई क्यालोरी, फाइबर, कार्बोहाइड्रेड प्रशस्त मात्रमा पाइने डा. साहको भनाइ छ । किसमिसमा प्रोटिन र फ्याट कम मात्रा हुन्छ । यसका अतिरिक्त किसमिसमा आइरन, म्याग्निसियम, पोटासियम भिटामिन सी र क्यालसियम पाइन्छ । किसमिसले पाचन शक्ति, आँखाका लागि राम्रो गर्छ । किसमिसले यसले इम्यूनिटीलाई बढाउनुको साथै मोटोपन घटाउनमा पनि मद्दत गर्छ ।

पेस्ता
पेस्ता शरीरका लागि निकै फाइदाजनक मानिने उहाँ बताउनुहुन्छ । डा.साहका अनुसार पेस्तामा भिटामिन ई पाइने हुँदा छाला स्वास्थ्यलाई उपयुक्त मानिन्छ । उक्त रक्तचापलाई सन्तुलनमा राख्न पेस्ता उपयोगी मानिन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन बी ६, फाइबर, एन्टिअक्सिड पाइन्छ । यसले हेमोग्लोबिन बढाउनुका साथै मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्छ ।

नरिवल
सुख्खा नरिवल स्वास्थ्यका दृष्टिले अति उपयोगी फल मानिने उहाँ बताउनुहुन्छ । नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ । यी सबै तत्व शरीरका लागि निकै उपयोगी हुन्छन् ।

दालचिनी
दालचिनीमा भिटामिन ए, भिटामिन बि, क्याल्सियम, आइरन, म्याग्नेशियम र फाइबर जस्ता तत्व प्राप्त गर्न सकिन्छ । साथै दालचिनीमा एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट तत्त्वसमेत पाइन्छ । यो मस्तिष्कको क्षमता बढाउन वा स्मरण शक्ति बलियो बनाउका साथै मधुमेह नियन्त्रण गर्न उपयोगी उहाँ बताउनुहुन्छ ।

आइतबार, कार्तिक १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.