बैशाख २४ , तनहुँ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज दमौली आउने भएका छन् ।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको सभामा सहभागी हुन प्रधानमन्त्री देउवा तनहुँ आउन लागेका हुन् ।
सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्ऽ पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।खनालका अनुसार कार्यक्रम बिहान साढे १० बजे सुरु हुनेछ ।
तपाईको प्रतिक्रिया


