• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

लहान नगरपालिकाद्वारा सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सञ्चालन

  •   शनिबार, चैत २३, २०८१ मा प्रकाशित

सिरहा ,चैत्र २३। लहान नगरपालिका–१७ की गर्भवती अस्मिता सिंहले शुक्रबार नगरपालिकाले वितरण गरेको पौष्टिक आहारसहितको पोषण सामग्री पाएपछि खुसीले दङ्ग भइन् । उक्त सामग्रीले पोषणका लागि राहत सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरिन् ।

“हामीसँग आवश्यक सन्तुलित खानेकुरा सबै हुँदैन । नियमित आयश्रोत नहुँदा आर्थिक समस्या हुने नै भयो । परिवारमा बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्या एकातिर छ भने अर्कातिर शिशुलाई कसरी स्वस्थ जन्माउने भन्ने पिर अर्कोतिर छ”, उनले भनिन्, “नगरपालिकाले खाद्यान्नसहित वितरण गरेको पौष्टिक आहाराले हामीजस्तो निमुखालाई ठूलो सहयोग पुगेको छ ।”

अस्मिताजस्तै वडाका ३४ जना गर्भवती तथा १८ जना सुत्केरीले शुक्रबार पौष्टिक आहारसहितको पोषण सामग्री पाएका छन् । ती सामग्रीमा चामल, दाल, नुन, तेल, चना, मटर, सोयाविनलगायत खाद्यान्न सामग्री रहेको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत विन्देश्वर चौधरीले जानकारी दिए । उनका अनुसार विगत तीन वर्षदेखि नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई ‘रोटेसन’का आधारमा प्रत्येक महिनाको २२ गतेका दिन वितरण गरिन्छ ।

नगरपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गर्ने सुत्केरी तथा गर्भवतीलाई पोषण प्याकेज वितरण गर्ने नीतिका कारण सुविधा पाएसँगै अहिले उनीहरू स्वास्थ्य संस्थामा नियमित जाँच गर्न थालेको अधिकृत चौधरीले जानकारी दिए । उनका अनुसार यस कार्यक्रममार्फत हालसम्म चार हजारभन्दा बढी सुत्केरी तथा गर्भवतीले सुविधा पाइसकेका छन् ।

गत स्थानीय तहको निर्वाचनअघि जनतासँग गरेको प्रतिबद्धताअनुसार आफू नगरप्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने शिशु स्वास्थ्य होस भन्ने चाहनाले सुत्केरी तथा गर्भवतीलाई पोषण कार्यक्रम सुरु गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । उनले भने, “सुत्केरी अवस्थामा अति विपन्न परिवारका सुत्केरी महिलाले पोसिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुने तथा आमाको स्वास्थ्यसमेतमा समस्या हुन्छ । त्यसैलाई रोक्नका लागि थोरै भए पनि सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौँ, अहिले यो अत्यन्त प्रभावकारी भइरहेको छ ।”

नगरपालिकाभित्र विपन्न तथा दलितको जनसङ्ख्या उल्लेख्य भएकाले यहाँका सुत्केरी तथा गर्भवतीको पोषणको अवस्था सुधारका लागि आगामी दिनमा पनि पोषण ‘प्याकेज’को यस कार्यक्रमलाई निरन्तरता दिइने नगरप्रमुख चौधरीको भनाइ छ ।

 

शनिबार, चैत २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.