पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारका करण प्रतिगामी शक्तिले टाउको उठाएको आरोप लगाएउनु भएको छ।
आइतबार काठमाडौँमा नेवार राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ओली सरकारको अलोकतान्त्रिक, अपारदर्शी तथा असंवैधानिक कामका कारण प्रतिगामी शक्तिले टाउको उठाएको आरोप लगाउनु भएको हो ।
‘प्रतिगामी शक्तिले टाउको उठाउने मुख्य कारण कांग्रेस एमाले नेतृत्वको गठबन्धन सरकार हो । आफ्ना जतिसुकै भ्रष्ट भएपनि जोगाउने, अन्यका जतिसुकै राम्रो भएपनि लखेट्ने जुन तरिका यो सरकारले गरेको छ । हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै विचौलीय र भ्रष्ट दलालहरुले षड्यन्त्रपूर्वक हटाए । असंवैधानिक, अलोकतान्त्रिक र अपारदर्शी काम गरे त्यसले जनतामा निकै आक्रोस छ’, उहाँले भन्नुभयो ।
प्रचण्डले माओवादी पनि बेलाबेला प्रतिक्रियावादीको ट्रयापमा परेपनि मुद्दा नछोडेको जिकिर गर्नुभयो । उहाँले प्रतिक्रियावादीलाई चैत १५ गते एउटा म्यासेज त दिएको भन्दै प्रतिक्रियावादीलाई ठुलो धक्का दिनेगरी सम्मेलनको बेला देशभरबाट काठमाडौँमा आउन आग्रह गर्नुभ्यो ।


