नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित भएका छन् । अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै फोनिजको वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्वाचित भएकी छिन् । वरिष्ठ उपाध्यक्षमा एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुनुभएको हो ।
फोनिजको लेखा समिति संयोजकमा गजेन्द्र राई निर्वाचित भएका छन् । यस्तै प्रदेश १ को प्रदेश इन्चार्जमा राजेन्द्र दुष्ट राई निर्वाचित भएका छन् भने लुम्बिनी प्रदेशको इन्चार्जमा राजेन्द्र गुरुङ निर्वाचित भएका छन् ।
यसैगरि अल्पसंख्यक उपाध्यक्षमा यमन दनुवार निर्विरोध निर्वाचित हुनुभएको छ । खुल्ला उपाध्यक्ष, महासचिव, सचिव र खुल्ला सदस्यमा निर्वाचन भएर मतगणना भईरहेको निर्वाचन अधिकृत अनिता गरुङले जानकारी दिनु भयो ।


