• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सामन्ती राजतन्त्र फर्किर्दैनः अध्यक्ष ‘प्रचण्ड’

  •   मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती राजतन्त्र नफर्किने बताउनुभएको छ । तराई मधेश जागरण हुलाकी मार्ग अभियानमा सहभागी हुन सुदूरपश्चिम पुग्नुभएको अध्यक्ष प्रचण्डले मङ्गलबार टीकापुर नगरपालिका–९ झुङ्गामा आयोजितसभालाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

‘‘बुद्धि भए पनि नभए पनि, जतिसुकै ठग डाँका भए पनि वंशका आधारमा राजा हुने व्यवस्था हटाएर सार्वभौमसत्ता सम्पन्न जनता हुने संविधान जनताका छोराछोरीले लेखिसके ।,’’ प्रचण्डले भन्नुभयो, ‘‘बेला मौकामा संविधान कुल्चेर राजा महाराजा कहाँ सत्ता लिन सकिन्छ कि तानाशाहीतिर जान सकिन्छ भनेर कोसिश गर्दैछन् अब इतिहास फर्किदैन ।’’

अध्यक्ष प्रचण्डले सामन्तीहरुका विरुद्ध क्रान्तिकारीहरुले चैत १५ गते काठमाडौँमा विशाल प्रदर्शन गरेपछि राजावादीहरुले हत्या, हिंसा, आगजनी गरेर वितण्डा मच्चाएको र असफल भएर पतनको बाटोमा गएको बताउनुभयो ।

थोरै सिटको पार्टीले सरकार चलाउनु हुँदैन भनेर ठुला दल मिलाएर माओवादी सरकाबाट बाहिरिदा पनि फाइदा भएको र भ्रष्टाचारको विरोध सुशासनको पक्षमा, विभेदका विरुद्धमा सामाजिक न्यायका पक्षमा काम गर्ने सङ्कल्प लिएर अभियानमा आएको बताउँदै अध्यक्ष प्रचण्डले अब सरकार चलाउन पुग्ने गरी भोट आग्रह गर्नुभयो ।

उहाँले सहिद परिवार, बेपत्ताका परिवार, घाइते अपाङग, जेलनेल भोगेका र आम नागरिक गरी एक करोड मानिससम्म पुगेको पनि बताउनुभयो ।

यसैगरी, अध्यक्ष प्रचण्डले आफ्नो पार्टी जगैबाट देशको अर्थतन्त्र राम्रो बनाउन लागेको बताउनुभयो ।

‘‘माओवादीले जितेका १२३ वटै पालिकामा काम भइरहेको छ । वैधानिक संस्थाहरुले गरेका मूल्याङ्कनले राम्रो काम गर्ने पहिलो, दोस्रो, तेस्रो भएका पालिका र महानगरपालिकामा वर्षेनी पहिलो हुने महानगरपालिकामा पनि नेकपा माओवादी केन्द्रले जितेको छ । माओवादीको सरकार टाढैबाट देखिने हुनुपर्छ ।’’

अभियानमा नेकपा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, नन्दबहादुर पुन, पम्फा भुषाल, अग्नीप्रसाद सापकोटा, देवप्रसाद गुरुङ, गिरिराजमणी पोखरेल, खगराज भट्ट लगायत सहभागी हुनुहुन्छ ।

मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.