• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रेनु दाहालले भरतपुरको मेयर जित्ने निश्चित :कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने

  •   मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित

वैशाख २७, चितवन ।चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेनु दाहालले जित्ने निश्चित भएको छ ।नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपानेका अनुसार रेनु दाहालसहितको गठबन्धनको सबै टीम भारी मतले विजयी हुन्छ ।

उनले कांग्रेसको सबै पंक्ति चुनावमा खटिएको बताउँदै बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पक्षमा लागेका नेताहरु पनि घट्दै गएको दाबी गरे ।भरतपुरमा रेनु दाहालसहितको टीम भारी मतले विजयी हुन्छ, न्यौपानेले घोषणा गर्दै भने, कांग्रेसको सबै पंक्ति चुनावमा खटिएको छ, अन्तर्घात होला भनेर नसोचे हुन्छ। सबैलाई राजनीति गर्नैपर्ने छ, पार्टीको निर्णय नमान्ने भन्ने हुँदैन ।

भरतपुर महानगरपालिका–१५ मंगलपुर, १० शिवनगर, गुञ्जनगर, शुक्रनगर लगायतका क्षेत्रका स्थानीयहरुले पनि चुनावमा रेनुलाई नै मत दिने घोषणा गरे ।विकास, निर्माण, भौतिक पुर्वाधारमा गरेको लगानीले चितवन अर्कै भएकोले यसपटक रेनुबाहेकलाई मत नदिने ठोकुवा गरे ।हाम्रो भोट यसपटक रेनुलाई जान्छ, बाहिर देखाएर हाल्नुपर्छ भने पनि तयार छौँ, यति विकास गर्ने मेयरलाई भोट दिएर जिताएर अर्काे कार्यकाल काम गर्न पठाउँछौँ,उनीहरुले एकैस्वरमा भने, यो पटक पार्टी हेर्दैनौँ । हामी रेनुकै पक्षमा मत दिन सबैलाई आह्वान पनि गछौं ।

चितवनको भरतपुरमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल एकातिर छन् भने अर्कातिर एमाले र राप्रपाको गठबन्धनबाट एमालेका विजय सुवेदी मेयरमा उठेका छन्।

भरतपुरका २९ वटै वडा घुमेपछि रेनुको पक्षमा माहोल उलिएको देखिन्छ । उनको पक्षमा स्थानीहरु दिल खोलेर चर्काे घाममा पनि खटिएका छन् ।एमालेको गढमा पनि रेनुभरतपुरको ११, १२ वडा एमालेको गढ भएको दाबी गरेको छ ।तर, त्यही गढमा पनि एमालेका विजय सुवेदीलाई मत नदिने रेनुलाई मत दिने स्थानीयले बताए ।

वडाध्यक्षमा एमालेकै उम्मेदवारलाई मत दिन्छौं तर, मेयरमा रेनुलाई नै दिने हो, रेनुले यहाँको विकासमा कायापलट गर्नुभएको छ ।उनीहरुले रेनुजस्तो नेता चितवनले फेरि पाउने संभावना नदेखेको पनि बताए । रेनुजस्तो नेता हामीले पाउँदैँनौ, यस्तो विकास, निर्माण गर्ने नेता फेरि आउँदैनन् ।

चितवनमा निर्णायक मत कांग्रेससँग छ । कांग्रेस एकढिक्का भएर चुनावमा होमिएको छ । माओवादी केन्द्र चितवनमा एक ढिक्का छ । गठबन्धनमा सबैभन्दा बढी मिलेको चितवन नै रहेको कांग्रेस सभापति राजेश्वर खनालले बताए ।अन्तर्घात हुने शंका गर्नुपर्दैन, यसपटक कांग्रेसले एक छापे भएर रेनु लगायतको टीमलाई मत दिन्छ, उनले भने, हामीले मत दिने तरिका सिकाएका छौँ ।रेनुले व्यक्तिगत मत पनि बढाइननाम बताउन नचाहेका अर्का चितवनका एक कांग्रेस नेताले बताए अनुसार यसपटक भरतपुरमा रेनुले नसोचेको व्यक्तिगत मत ल्याउने खुलासा गरे ।

कसैले सोचेको छैन, यसपटक रेनुले नसोचेको व्यक्तिगत मत ल्याउँछिन, त्यो मत देखेर एमाले चकित पर्नेवाला छ, एमालेले चितवनमा माओवादीलाई तेस्रो स्थानमा राखेको छ, तर माओवादी निकै बलियो यो पाँच वर्षमा भएको कसैले हिसावकिताब गरेको छैन।रेनुलाई मत दिन्छु भन्ने अधिकांस कांग्रेस छन् ।स्वतन्त्र र बुद्धिजीवीको नजरमा रेनु नै राम्रोभरतपुरमा रेनुको भिजन देखेर बुद्धिजीवीहरु पनि उनकै पक्षमा खुलेका छन् ।

सबैलाई मिलाउन सक्ने, सबै वडामा समानान्तर रुपमा विकास गर्ने रेनु नै भरतपुरको मेयर हो, एक विद्यालयका प्रधानान्यापकले भने, बजार क्षेत्रमा पनि रेनु, ग्रामिण क्षेत्रमा पनि रेनु नै रेनु हो ।आफूलाई स्वतन्त्र भन्न रुचाउने केहीले पनि यसपटक रेनुकै पक्षमा खुल्ने र मत दिने निर्णय गरेको बताए ।आचारसंहिता लागे पनि लागोस् म त ३० गते भोट हाल्ने दिन फेसबुकमा लेखेर रेनुजीकै लागि भोट माग्ने हो, ती स्वतन्त्र व्यक्तिले भने ।चितवनका शिक्षक, विद्यार्थीहरु रेनु जिताउनैपर्ने भन्दै घरदैलो अभियानमा स्वतस्फूर्त लागेका छन् ।भरतपुरका सबै व्यवसायीले पनि अन्तिमसम्म रेनुकै पक्षमा मत दिन अपिल गर्ने बताए ।हामी भरतपुरको विकासे चमत्कारबाट प्रभावित छौँ, उहाँलाई दोस्रो कार्यकालका लागि मत दिन्छौ मात्र होइन सार्वजनिक रुपमा रेनु जिताउन अपिल पनि गछौँ, एक व्यवसायीले भने ।

मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.