• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

किन भयो संवैधानिक परिषद् विधेयक फिर्ता

  •   शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्‍ (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि संसद्मै फिर्ता गर्नुभएको छ । प्रमाणीकरणका लागि पेस भएको एक सातापछि राष्ट्रपति पौडेलले विभिन्न पाँच आधार र कारण खुलाएर विधेयक प्रतिनिधि सभामै फिर्ता गर्नुभएको हो । नेपालको संविधानको धारा ११३(३) ले अर्थबाहेकका अन्य विधेयक प्रमाणीकरणका लागि पेस हुँदा पुनर्विचार आवश्यक देखेमा १५ दिनभित्र उत्पत्ति भएको सदनमा फिर्ता पठाउन सक्ने व्यवस्था छ ।

सदस्य रिक्त भएको अवस्थामा दुई जनाले समेत संवैधानिक निकायमा पदाधिकारी सिफारिस गर्ने गरी विधेयक पारित भएको थियो । पारित विधेयक लोकतान्त्रिक अभ्यासविपरीत भएको र वर्तमानको व्यावहारिक समस्यालाई हल गर्नेसमेत नभएको भन्दै फिर्ताका लागि केही राजनीतिज्ञले लबिङसमेत गरेका थिए ।

राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयक अब संसद्का दुवै सदनले संशोधन गरी वा प्रस्तुत रूपमै पारित गर्न सक्ने छन् । संसद्ले विधेयक अहिले पठाएकै रूपमा संशोधन नगरी पारित गर्न सक्ने छ । यसरी पारित विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाइने छ । पेस विधेयक संशोधन भएर वा नभई जुन रूपमा पठाइए पनि राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने छ ।

विधेयक फिर्ताका क्रममा राष्ट्रपतिले मुख्य पाँच विषयमा सन्देश लेख्नुभएको छ । पहिलो विषय संवैधानिक परिषद्को गठनसम्बन्धी व्यवस्था स्मरण गराइएको छ । साथै भण्डारीले विधेयक यथास्थितिमै प्रमाणीकरण हुनु संविधानको मर्मविपरीत हुने सन्देशमा उल्लेख गर्नुभएको छ । पारित विधेयक प्रथम दृष्टिमै संविधानको धारा २८४ प्रतिकूल रहेको तथा लोकतान्त्रिक अभ्यास र मान्यता प्रतिकूल देखिएको सन्देशमा उल्लेख छ । यस्तो अभ्यासले संवैधानिकतालाई सीमित र सङ्कुचित बनाउने आशङ्का राष्ट्रपतिले गर्नुभएको छ ।

राष्ट्रपतिको सन्देशमा भनिएको छ, “संवैधानिक परिषद्ले गर्ने निर्णयमा जोकोहीको चासो र सरोकार स्वभावैले रहने हुँदा यसप्रतिको जनविश्वास बलियो नै हुनु पर्छ । संविधानको धारा २८४(१) मा उल्लिखित संवैधानिक परिषद्को अध्यक्ष र अन्य सदस्यलाई स्थायी रूपमा नै राखेको देखिन्छ तर बहाल रहेका सदस्य पनि कुनै अमुक बेलामा बहाल रहँदैनन् वा अनुपस्थित हुन सक्छन् भनी कल्पनातीत अवस्थालाई लक्षित गरी कानुन बनाउँदा त्यसले गम्भीर र जटिल परिस्थितिको सिर्जना नगरोस् भन्नेतर्फ पनि मेरो ध्यान आकृष्ट भएको छ ।” संविधानले प्रत्याभूत गरेका सदस्य रिक्त रहन्छन् भन्ने परिकल्पनामा विधायिकाले कानुन बनाउनु उपयुक्त नहुने राष्ट्रपतिको तर्क छ । सन्देशमा राष्ट्रपतिले परिषद्को निर्णय सकेसम्म सर्वसम्मत हुनुपर्ने नभएमा कुल सङ्ख्याको बहुमतलाई मान्नुपर्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।

विधेयकमा समावेश निर्णय प्रक्रियाको सङ्ख्यामा पनि राष्ट्रपतिको असन्तुष्टि छ । सन्देशमा राष्ट्रपतिले अध्यक्ष र बहाल रहेका सदस्यको ५० प्रतिशत उपस्थित हुँदा कायम हुन सक्ने सदस्यले मात्र गरेको निर्णयलाई मान्यता दिँदा स्वतः अल्पमत बुझिने पनि उल्लेख गर्नुभएको छ । उहाँले संविधान र कानुनका व्यवस्थालाई अनादर गर्नु स्वेच्छाचारितालाई प्रश्रय दिनु भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसअघि पनि भएका थिए फिर्ता

सङ्घीय संसद्को अवधिमा विधेयक फिर्ता भएको यो तेस्रो पटक हो । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक फिर्ता गर्नुभएको थियो । भण्डारीले नागरिकता र राहदानी विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाउनुभएको थियो ।

जारी र प्रयोगको व्यवस्था प्रस्ट नभएको भन्दै तत्कालीन राष्ट्रपति भण्डारीले नै राष्ट्रिय सभा समिति सभापतिको आग्रहमा राहदानी विधेयक फिर्ता गर्नुभएको थियो । २०७६ जेठ ८ गते विधेयक फिर्ता भएको थियो । उक्त विधेयक पछि प्रमाणीकरण भएको थियो ।

यस्तै तत्कालीन राष्ट्रपति भण्डारीले नागरिक विधेयक पनि फिर्ता गर्नुभएको थियो । पुनर्विचारका लागि फिर्ता विधेयक २०७९ साउन १५ मा फिर्ता विधेयक हुबहु पुनः प्रमाणीकरणका लागि पठाइएपछि भण्डारीले विधेयक होल्ड गर्नुभएको थियो । भण्डारीले होल्ड गर्नुभएको विधेयक वर्तमान राष्ट्रपति निर्वाचित भएपछि प्रमाणीकरण भएको थियो । होल्ड विधेयक सरकारले पुनः राष्ट्रपति पौडेलसमक्ष पठाएपछि प्रमाणीकरण भएको थियो । २०८० जेठ १७ पौडेलले विधेयक प्रमाणीकरण गर्नुभएको थियो ।

परिषद्सम्बन्धी विधेयक २०८१ माघ २७ गते प्रतिनिधि सभाले पारित गरेको थियो । विधेयक २०८१ चैत ६ गते माथिल्लो सदनबाट पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाएको थियो । राष्ट्रिय सभाको संशोधन असार २५ गतेको प्रतिनिधि सभाको बैठकले स्वीकार गरेको थियो । सभामुखले प्रमाणित गरी असार ३२ गते विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.