• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

जटिल परीक्षण अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै

  •   सोमबार, साउन १२, २०८२ मा प्रकाशित

विक्रम संवत् २०७६ माघमा कोभिड–१९ (कोरोना) सङ्क्रमण सुरु हुँदा हङकङमा नमुना पठाएर कोभिड परीक्षण गर्नु परेको नेपालमा अहिले कोभिड मात्र होइन, जटिल किसिमका क्यान्सर रोग परीक्षणसमेत सहजै हुने गरेको छ ।

यसबाहेक सर्ने रोग मङ्किपक्सलगायतका रोग परीक्षण हुने गरेको छ । यो छ वर्षकै उपलब्धिलाई अझ सुदृढ गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जस्तोसुकै परीक्षण नेपालमा गर्न बजेट तथा जनशक्तिलगायतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कुनै पनि परीक्षण विदेश नपठाउने योजना बनाएर काम अघि बढाएको छ ।

मन्त्री पौडेलको निर्देशनसँगै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हरेक परीक्षण हुने गरेको छ । टेकुस्थित प्रयोगशालामा बिहानैदेखि परीक्षणका लागि लामो लाम लाग्छ । शुक्रबार बिहानै ‘होलबडी चेकअप’ गर्न पुग्नुभएका चाबहिलनिवासी तुलसा थपलियाले आत्मविश्वासले गर्दा पछिल्लो समय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सम्पूर्ण परीक्षण गर्ने गरेको बताउनुभयो ।

यस्तै काठमाडौँको कपन बस्नुहुने कृष्ण बरालले छ/छ महिनामा जनस्वास्थ्य प्रयोगशालामै नियमित स्वास्थ्य परीक्षण गर्दै आउनुभएको छ । चिकित्सकले सिफारिस गरेको दर्जनौँ परीक्षण निजी प्रयोगशालामा जाँदा १५ हजारसम्म तिरेको स्मरण गर्र्दै बरालले भन्नुभयो, “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जान थालेपछि बढीमा चार हजार पाँच सयदेखि पाँच हजार लाग्ने गरेको छ ।” यति सस्तोमा सम्पूर्ण परीक्षण हुन थालेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नियमित ग्राहक भएको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय मान्यता पाएको यो प्रयोगशालाले वार्षिक २० देखि २५ करोडसम्म राजस्व सङ्कलन गर्दै आएको छ । राष्ट्रिय प्रयोगशालाका निर्देशक रञ्जनराज भट्टले गएको आर्थिक वर्ष मात्र सरकारको राजस्व खातामा प्रयोगशालाको तर्फबाट २० करोड ५० लाख राजस्व जम्मा गरेको बताउनुभयो । डा. भट्टका अनुसार यो वर्षलाई सबै गरेर ४० करोड बजेट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई विनियोजन भएको छ । गत वर्ष सुरुमा २६ करोड बजेट पाएको प्रयोगशालाले पछि साढे चार करोड माग भएपछि कुल ३० करोड ५० लाख बजेट पाएको थियो ।

सोमबार, साउन १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.