• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

महिनामै तिस जनाको मिर्गौला प्रत्यारोपण

  •   बुधबार, साउन १४, २०८२ मा प्रकाशित

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । गत असार महिनामा मात्र केन्द्रले ३० जनाको मिर्गौला प्रत्यारोपण गरेको हो । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपण केन्द्रले इतिहास रच्न सफल भएको भन्दै आर्थिक वर्ष २०८१/८२ मा केन्द्रले १८६ जनाको मिर्गौला र आठ जनाको कलेजो प्रत्यारोपण सफलतासाथ सम्पन्न गरेको बताउनुभयो ।

उहाँले गत आर्थिक वर्षमा केन्द्रकै नेतृत्वमा प्रादेशिक अस्पताल सुर्खेतमा तीन, पोखरामा तीन र भेरी अस्पतालमा दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको पनि जानकारी दिनुभयो ।

प्रत्यारोपण गराउनेमा युवा अधिक

डा. श्रेष्ठका अनुसार उमेर समूह अनुसार केन्द्रमा मिर्गौला प्रत्यारोपण भएका बिरामीको उमेर समूह १४ देखि ७१ वर्षसम्मको रहेको जानकारी गराउनुभयो । उहाँले हालसम्म प्रत्यारोपण गराउनेमा १५५ जना अर्थात् ८० प्रतिशत २० देखि ४९ वर्षको रहेको बताउनुभयो । केन्द्रका अनुसार १५ देखि १९ वर्षका ६ जना, २० देखि २९ वर्षका ४७ जना, ३० देखि ३९ उमेरका ५८ जना, ४० देखि ४९ उमेरका ४५ जना, ५० देखि ५९ उमेरका २६ र ६९ उमेरका तीन जनाको प्रत्यारोपण गरिएको जानकारी दिनुभयो ।

यस्तै मिर्गौला ग्रहणकर्तामध्ये १३६ जना पुरुष (७३ प्रतिशत) र ५० जना महिला (२७ प्रतिशत) छन् । यसै गरी अङ्गदातामा १३० जना महिला (७० प्रतिशत) र ५५ जना पुरुष (३० प्रतिशत) छन् । जसबाट अङ्ग प्रत्यारोपणमा अझै लैङ्गिक भेदभाव देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सरकारमातहत रहेको प्रत्यारोपण केन्द्रले मिर्गौला र कलेजो प्रत्यारोपणमा उल्लेख्य सफलता हासिल गरेको जानकारी दिनुभयो । उहाँले प्रत्यारोपण केन्द्रलाई जग्गा व्यवस्थापन गराउन सक्ने हो भने केन्द्रले गर्ने काम अझ बढ्ने बताउनुभयो । हाल केन्द्रसँग एक इन्च पनि जग्गा र भवन छैन । हाल भक्तपुर अस्पतालको एक भवनमा केन्द्र सञ्चालन हुँदै आएको छ ।

यस्तै केन्द्रमा देशको विभिन्न भू–भागबाट विभिन्न जातजाति प्रत्यारोपणका लागि आउने गरेका छन् । तीमध्ये आदिवासी जनजाति सबैभन्दा धेरै ५२ प्रतिशत, ब्राह्मण क्षेत्री २६ प्रतिशत, मधेशी ११ प्रतिशत, दलित ९ प्रतिशत, मुस्लिम २ प्रतिशतको प्रत्यारोपण भएको छ ।

पन्ध्र सयले गरे मिर्गौला प्रत्यारोपण

केन्द्र स्थापनाको १३ वर्ष अवधिमा हालसम्म एक हजार ४७१ जनाको मिर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । नेपाल सरकारको सात वटै प्रदेशमा मिर्गौल प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुसार केन्द्रले चार वटा प्रदेशमा प्रत्यारोपण सेवा सुरु गरिसकेको छ । कार्यकारी निर्देशक डा. श्रेष्ठले बागमती, गण्डकी, कर्णाली, लुम्बिनीमा प्रत्यारोपण सुरु गरेको केन्द्रले बाँकी तीन वटा प्रदेशमा पनि निकट भविष्यमा प्रत्यारोपण गर्ने योजना बनाएको बताउनुभयो ।

प्रतिष्ठान बनाउने योजना

डा. श्रेष्ठले प्रत्यारोपणका लागि आवश्यक विशेषज्ञ जनशक्ति तालिम दिनका लागि केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने नेपाल सरकारको घोषणा कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । उहाँले उपयुक्त जग्गा प्राप्त नहुँदा केन्द्रले ५०० शय्या क्षमताको भवन बनाउने योजना अलपत्र परेको बताउनुभयो ।

उहाँले उपयुक्त जग्गा उपलब्ध भएमा केन्द्रले आफ्नै स्रोत साधनबाट भवन बनाई बर्सेनि पाँच सय जनासम्मको मिर्गौला प्रत्यारोपण गर्न सकिने बताउनुभयो । उहाँले जसबाट देशको अर्बौं रुपियाँ बचत हुनेसमेत जानकारी दिनुभयो ।

बुधबार, साउन १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.