बैशाख ३१ ,चितवन माडी नगरपालिका ३ सय ५० मत गन्दा ५ दलिय गठबन्धनको अग्रता कायम रहेको छ । माडी वडा नं.१ को मतगणनाको पछिल्लो नतिजा अनुसार ५ दलिय गठबन्धनमेयरमा माओबादी केन्द्र ऋषि काफ्ले १४३ पाउदा एमालेकि ताराकाजी महत्तोले १२७ मत प्राप्त गरेकि छन ।३५० मत गन्दा काफ्ले ताराकाजी भन्दा १६ मतले अघि रहेका छन् ।
त्यस्तै उपप्रमुखमा नेपाली काङ्ग्रेसका खेम महत्तोको १४३ , कृष्ण पौडेलले ७८ र राप्रपाका मदन पौडेलको ३० मत प्राप्त गरेका छन । यता वडा नं.१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका जिवन महत्तोले १२२ र राप्रपाका अमित लामाले १३० मत प्राप्त गरेका छन । वडा अध्यक्षमा राप्रपाका अमित लामाले काङ्ग्रेसका जिवन महत्तोलाई ८ मतले पछि परेका छन् ।
तपाईको प्रतिक्रिया


