• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

क्वाँटीको झोलले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

  •   शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित

जनैपूर्णिमा क्वाँटी खाएर मनाउने गरिन्छ । विभिन्न नौ थरीका गेडागुडीलाई रातभरि पानीमा भिजाएर टुसा उमारी सुप बनाएर खाइने परिकारलाई क्वाँटी भनिन्छ ।

क्वाँटी चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठुलो सिमी, ठुलो केराउ, सानो केराउलगायतका गेडागुडी मिसाएर टुसा उमारेर तयार गरिन्छ ।

“क्वाँटी” शब्द नेपाल भाषाको “क्वाति” शब्दबाट आएको हो । जसको अर्थ “क्वा” भनेको तातो र “ती” भनेको झोल वा सुप हो । नेपाल कृषिप्रधान देश भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा प्रदान गर्न र शरीरमा भएको चिसो भगाउन जनैपूर्णिमा क्वाँटी खाने परम्परा सुरु गरिएको जनविश्वास छ ।

विभिन्न प्रकारका गेडागुडी मिसाएर बनाउने क्वाँटी खाँदा जति स्वादिलो हुन्छ स्वास्थ्यका हिसाबले त्यति नै फाइदाजनक हुने पोषणविद् बताउँछन् ।

पोषणविद् डा.उमा कोइरालाले क्वाँटी केवल परम्परागत परिकार मात्र नभई पोषणले भरिपूर्ण स्वास्थ्यवर्धक खाना भएको बताउनुहुन्छ । उहाँका अनुसार क्वाँटी धेरै किसिमका गेडागेडी मिश्रित हुँदा यो उच्चस्तरीय खानेकुरामध्येको एक हो ।

टुसा उमारिएका गेडागुडीमा भिटामिन, मिनिरल्स, फाइबर, प्रोटिन, भिटामिन बी, आइरन, क्याल्सियम, जिंक, एन्टिअक्सिडेन्ट्स लगायतका पोषक तत्व पाइने पोषणविद् कोइरालाको भनाइ छ ।

उहाँका अनुसार क्वाँटी सबै उमेर समूहलाई फाइदाजनक मानिन्छ । गर्भवती, सुत्केरी, युवा, बालबालिकाका, पोषणको अवस्था न्यून पोषण भएका, रक्तअल्पताका, कुपोषणको समस्या भएकालाई क्वाँटी निकै लाभदायी हुने पोषणविद् कोइराला बताउनुहुन्छ । पोषणविद् कोइरालालका अनुसार उमारिएको क्वाँटीमा कार्बाेहाइड्रेड र चिनीको मात्रा कम हुने हुँदा मधुमेहका बिरामीका लागि उपयुक्त हुन्छ । उच्च रक्तचाप, मिर्गौलाका बिरामीले चिकित्सकको सल्लाहमा मात्रै क्वाँटी खान उहाँको सुझाव छ।

क्वाँटीको झोलले आमाको दूध उत्पादन गर्न मद्दत गर्छ । क्वाँटीको झोलले रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक खानेकुरा हो । अङ्कुरित गेडागुडीबाट बनाइएको हुँदा क्वाँटी सजिलै पच्ने गर्छ । अङ्कुरित गेडागुडी प्रशस्त मात्रामा फाइबर हुने हुँदा पाचन प्रणाली सुधार गर्ने गर्छ । क्वाँटीले रोगसँग लड्ने क्षमता बढाउने, शरीरमा ऊर्जा प्रदान गर्ने र सङ्क्रमणजन्य रोगबाट बचाउने पोषणविद् कोइराला बताउनुहुन्छ । क्वाँटी रेसादार हुने हुँदा कब्जियत हुनबाट छुट्कार पाउन सकिन्छ । क्वाँटीले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कुपोषण हुनबाट बचाउने गर्छ ।

क्याल्सियम र फस्फोरस हुने हुँदा हड्डी बलियो बनाउने गर्छ । क्वाँटीमा प्रशस्त मात्रामा प्रोटिन हुने हुँदा मांसपेशीलाई वृद्धि गराउने पोषणविद् कोइरालाको भनाइ छ । क्वाँटीमा मिटामिन सी अत्यधिक मात्रा पाइने हुँदा रुघाखोकी लागेका, रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई निकै लाभदायी हुन्छ । उहाँका अनुसार दिनमा एकपटक क्वाँटी खाँदा शरीरमा पोषण परिपूर्ति हुन्छ ।

शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.