• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

नेतृत्व चयनको झल्को दिने एमाले विधान महाधिवेशन

  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ विधान महाधिवेशन नजिकिँदै जाँदा नेतादेखि कार्यकर्ता पंक्तिसम्म यो महाधिवेशनलाई नेतृत्व चयनको झल्को दिने अभियानमा जुटेका छन् ।

पार्टीको आगामी नेतृत्व कसको पोल्टामा जान्छ भन्ने विषयमा पनि सँगसँगै बहस भइरहेका बेला विधान महाधिवेशनको एजेण्डा नै छायामा पर्नेगरी नेताहरु वर्तमान नेतृत्वलाई नै भावी नेतृत्वका रुपमा विधान महाधिवेशनबाटै स्थापित गराउने अभियानमा जुटेका छन् ।

शनिबार एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले फरक फोरममार्फत भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताए ।

विधान महाधिवेशनका सन्दर्भमा एमाले ललितपुर र प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा दुई नेताहरुले नीतिभन्दा नेतृत्व केन्द्रीत भएर विचार राखेका छन् ।

२०–२२ भदौमा एमालेको दोस्रो विधान महाधिवेशन हुँदैछ । यहाँ पार्टीको विधान, नीति, कार्यक्रमसहित नीतिगत विषयमा छलफल हुन्छ । तर, विधान महाधिवेशन सम्मुखमा नेताहरु पार्टीको आगामी अध्यक्ष ओली कि भण्डारी भन्ने सार्वजनिक बहसमै उत्रिएका छन् ।

ललितपुरको गोदावरीमा शनिबार नै आयोजित एक कार्यक्रममा सहभागी एमाले महासचिव शंकर पोखरेलले भण्डारीलाई सम्मानित ठाउँमा बस्न भन्दै अनुरोध गरे । पूर्वराष्ट्रपति भइसकेको भण्डारीलाई महासचिव पोखरेलले सम्मानित ठाउँमा बसे पार्टीले सम्मान दिन तयार रहेको बताए ।

‘पूर्वराष्ट्रपतिलाई एमालेले अत्यन्तै सम्मानित र मर्यादित भूमिकामा बस्नलाई अनुरोध गरेको छ । सम्मानमा कमी आउने बाटोमा नहिँड्नुहोस्, तपाईं यति सम्मानित ठाउँमा पुगिसक्या मान्छे विवाद गर्ने ठाउँमा आउने होइन, सम्मानित भूमिकामै बस्नुहोस् र पार्टी सम्मान गर्न तयार छ,’ एमाले महासचिव पोखरेलले भने ।

७० वर्षे उमेर हदम्याद र पदाधिकारीमा दुई कार्यकालको व्यवस्था हटाएर ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बनाउन पार्टीको विधान संशोधन गरिँदैछ । त्यसका लागि केन्द्रीय कमिटीबाट पारित गरी अब विधान महाधिवेशनबाट समेत पारित गर्ने रणनीतिमा पार्टी लागेको छ ।

तर भण्डारी समूहले त्यसलाई काउन्टर दिएको छ । भण्डारी समूहले ७० वर्षे उमेर हदम्याद र पदाधिकारीमा दुई कार्यकालको व्यवस्था राखेर ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष हुनबाट रोक्ने रणनीति बनेको छ । सोहीअनुसार भण्डारी निकटका नेताहरु जोडतोडले लागेका छन् ।

अहिले भण्डारीको पक्षमा खुलेका नेताहरु फरक दस्तावेजको तयारीमा जुटेका छन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्णबहादुर थापासहितका नेताले ७० वर्षे उमेर हदम्याद र पदाधिकारीमा दुई कार्यकालको व्यवस्था राखेर ओलीलाई रोक्ने र भण्डारीलाई सदस्यता दिएर ११औँ महाधिवेशनबाट अध्यक्ष बनाउने रणनीतिमा छन् ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति भइसकेकी भण्डारीको पार्टी सदस्यता कुनै हालतमा नवीकरण नहुने ठोकुवा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी ज्ञवालीले पार्टीले संस्थागत निर्णय गरेर प्रणाली बसाइसकेकाले अब भण्डारीको पार्टी सदस्यता नवीकरणको कुरा उठाउनु आवश्यक नभएको टिप्पणी गरे ।

उनले राष्ट्रपति र उपराष्ट्रपति जस्ता पदमा पुगेका व्यक्तिहरू पार्टीमा आबद्ध हुनेभन्दा पनि देशकै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा बताए । संविधानको धारा ६२ को उपधारा ६ मा निर्वाचित वा मनोनित जुनसुकै पदमा भए पनि राष्ट्रपति वा उपराष्ट्रपतिमा निर्वाचित हुने बित्तिकै सबै पदहरूबाट स्वतः मुक्त हुने कुरा उल्लेख भएको भन्दै ज्ञवालीले भण्डारीको पार्टी सदस्यता पनि सोही बेला नै निष्क्रिय भएको बताए ।

विधान महाधिवेशनपछि पार्टीको नेतृत्व चयन गर्न महाधिवेशन तोकिन्छ । त्यहाँ केन्द्रीय कमिटीको चयन हुन्छ । पदाधिकारीदेखि केन्द्रीय कमिटी र विभिन्न आयोगमा सर्वसम्मत नभए निर्वाचनबाट चयन गरिन्छ । महाधिवेशनमा सहभागी प्रतिनिधिले तोकिएको विधानअनुसार उम्मेदवार हुनुका साथै भएका उम्मेदवारलाई मतदान गर्ने अधिकार हुन्छ ।

एमाले सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहरा अहिले पार्टीको विधान कस्तो थियो र कस्तो हुनुपर्छ भन्ने ’boutमा नै बहस भइरहेको बताउँछन् । विगतको विधानमा भएको व्यवस्था कतिको प्रभावकारी, व्यवहारिक थियो र यो बीचमा कस्तो अप्ठयाराहरु आएर के–के सुधार गर्नुपर्ने भन्ने ’boutमा छलफल गर्दै विधान निर्माणका लागि विधान महाधिवेशनको आयोजना गरिएको अध्यक्ष बोहराले बताए ।

‘विधानमाथि नै केन्द्रित भएर छलफल भइरहेको छ । मूलतः विधानमाथि नै केन्द्रीत भएर विधानमा भएका व्यवस्थाले कतिको प्रभावकारी, व्यवहारिक रह्यो र अब कस्तो व्यवस्था गर्नुपर्छ भन्ने’boutमा नै छलफल भइरहेको छ,’ सल्लाहकार परिषदका अध्यक्ष बोहराले राजधानीसँग भने, ‘विधानमा रहेका कयौं व्यवस्थाको ’boutमा छलफल गर्ने, कुन व्यवस्था व्यवहारिक भयो । कुन भएन भन्ने ’boutमा समीक्षा गर्दै अहिले कस्तो विधान आवश्यक छ भन्ने ’boutमा नै छलफल चलिरहेको छ । केही अपवाद बाहेक मूलतः विधान केन्द्रीत नै छलफल गर्दै अब हुने राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनको विषय आउँछ ।’

५ वर्षभित्रमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्नुपर्ने वैधानिक व्यवस्था एमालेमा छ । राष्ट्रिय महाधिवेशनअघि विधान महाधिवेशन गर्दै विधान निर्माण गर्ने र त्यसपछि हुने महाधिवेशनबाट नेतृत्व चयन गर्ने उनले बताए ।

यसअघि नेतृत्वसहित विधानको ’boutमा एउटै महाधिवेशनबाट छलफल हुने गरेको तर त्यो बढी नेतृत्व चयनमा केन्द्रित भएपछि छुट्टाछुट्टै महधिवेशन पार्टीले गर्न थालेको बताए ।

आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.