बैशाख ३१ ,चितवन। भरतपुर महानगरपालिका वडा नम्बर–१ को १२५० मतगणना सकिएको छ ।५ दलिय गठबन्धन उमेदवार रेनु दाहालको अग्रता देखिएको छ । रेनुले ४८३ मत पाएकी छन् ।
त्यस्तै एमाले -राप्रपा गठबन्धनको उमेदवार विजय सुबेदीले ४०२ मत पाएका छन् ।नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गर्दै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको १५७ मत आएको छ ।
भरतपुर महानगरको २९ वडा बाट कुल मत १,२७,५६५ खसेको छ । वडा न १ कुल मतदाता संख्या ५०७४ रहेकोमा ३२७६ खसेको थियो ।
ताजा नतिजा : भरतपुरमा १२५०गणना हुँदा:
रेनु दाहाल: ४८३
बिजय सुवेदी: ४०२
जगन्नाथ पौडेल: १५७
उपमेयर:
चित्रसेन अधिकारी ५३६
हिमला गुरुङ ३२०
तपाईको प्रतिक्रिया


