काठमाडौं , असोज २२
आईसीसी टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटमा कुवेतलाई नेपालले १४२ रनको लक्ष्य दिएको छ।अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १४१ रन बनाएको हो।
नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतकसँगै सर्वाधिक ६६ रन बनाए। ५६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।उपकप्तान दीपेन्द्रसिंह ऐरी र गुलशनकुमार झाले समान २० रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेलले १६ रनको योगदान दिए। अन्य ब्याटरको भने प्रदर्शन राम्रो रहेन।कुवेता नवीनराजन राजेन्द्रन र अनुदीप चन्दमाराले समान दुई विकेट लिए।
तपाईको प्रतिक्रिया


