जेठ २ , भक्तपुर ।भक्तपुर नगरपालिकाको मेयरमा नेककिपाका सुनिल प्रजापति निर्वाचित भएका छन्। सुनिलले २९ हजार २ सय मत पाउँदा उनका निकतटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका राम प्रसाद कासुलाले ३३५२ मत मात्र प्राप्त गरे।
यस्तै उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम् प्रतिष्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत पाएकी छन्।
तपाईको प्रतिक्रिया


