• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

भटमासले बढायो नेपालको आयातनिर्यात

  •   सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित

काठमाडौँ, मङ्सिर ८ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनाको आयातनिर्यात आँकडालाई भटमासको तेलले उकासेको देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको आँकडा अनुसार नेपालबाट सबैभन्दा बढी भटमास तेल ३८ अर्ब ४३ करोड रुपियाँ बराबरको १८ करोड ५२ लाख ५५ हजार किलो निर्यात भएको छ भने ३७ अर्ब ९६ करोड ४२ लाख ६३ हजार रुपियाँ बराबरको भटमास आयात भएको छ ।

विभागका अनुसार पहिलो चार महिनामा निर्यात ७७.५१ प्रतिशतले बढेर ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रुपियाँ पुगेको छ । आयात १८.७१ प्रतिशतले बढेर छ खर्ब ९४ अर्ब ५१ करोड २३ लाख रुपियाँ पुगेको छ । कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले बढेर सात खर्ब २९ अर्ब ४७ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजार रुपियाँको आयात भएको थियो भने ५२ अर्ब ६७ करोड ७१ लाख रुपियाँको कुल निर्यात भएको थियो ।

निर्यात भएको दोस्रो मुख्य वस्तु अलैँची तीन अर्ब ९७ करोड ४३ लाख रुपियाँ बराबरको १८ लाख २३ हजार किलो निर्यात भएको छ । यस्तै सूर्यमुखी तेल दुई अर्ब ७३ करोड २८ लाख रुपियाँ बराबरको तीन करोड ४२ लाख ४० हजार लिटर निर्यात भएको छ । पाम आयल दुई अर्ब छ करोड ५० लाख रुपियाँ बराबरको एक करोड १४ लाख ३८ हजार लिटर निर्यात भएको छ ।

आयात भएका अन्य मुख्य वस्तुमा ३१ अर्ब ८९ करोड १५ लाख ५७ हजार रुपियाँको डिजेल र २२ अर्ब ३७ करोड २७ लाख ६२ हजारको पेट्रोल रहेको छ । १८ अर्ब ८३ करोड छ लाख १६ हजार रुपियाँ बराबरको खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

यस्तै चार महिनामा १७ अर्ब १५ करोड ७४ लाख रुपियाँको स्मार्ट फोन र १५ अर्ब ७२ करोड ११ लाख रुपियाँको सुन आयात भएको तथ्याङ्क छ ।

आयातनिर्यात बढ्दा व्यापार घाटा भने तुलनात्मक रूपले कम ११.९९ प्रतिशतले बढेर पाँच खर्ब १५ अर्ब ९५ करोड ५४ लाख ५७ हजार पुगेको छ । गत वर्ष सो अवधिमा चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख २८ हजार रुपियाँको व्यापार घाटा थियो । चीनसँग एक खर्ब ३२ अर्ब ५६ करोड ९८ लाख ३७ हजार रुपियाँको आयात हुँदा नेपालबाट २९ करोड ८८ लाख ४४ हजार रुपियाँको निर्यात भएको छ । चीनसँग एक खर्ब ३२ अर्ब २७ करोड ९९ लाख रुपियाँ व्यापार घाटा रहेको छ । बाढीपहिरोका कारण रसुवाको केरुङ र सिन्धुपाल्चोकको नाका बन्द हुँदा चीनमा निर्यात कम भएको हो ।

चार महिनामा सबैभन्दा छिमेकी मुलुक भारतबाट तीन खर्ब ३७ अर्ब ९२ करोड ४६ लाख ५० हजार रुपियाँको आयात हुँदा नेपालबाट सात अर्ब ६५ करोड ५५ लाख ३७ हजार रुपियाँको निर्यात भएको छ । आयात बढ्दै गए पनि निर्यात न्यून हुँदा भारतसँग दुई खर्ब ६१ अर्ब ४१ करोड ९१ लाख १३ हजार रुपियाँ व्यापार घाटा छ ।

सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.