• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

देशैभर १सय ६८ मतदान स्थल थपिए

  •   सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि देशैभर १६८ मतदान स्थल थपिएका छन् । मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउन मतदान स्थल थपिएका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नआएका ९३ मतदान स्थल खारेज गरिएको छ । उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा खारेज भएका मतदान स्थल घटाउँदा कुल मतदान स्थलमा ७५ स्थलमात्रै थपिने भए ।” आगामी निर्वाचनमा नयाँ पुराना मतदान स्थल गरी १० हजार ८९२ मतदान स्थल हुने उहाँले बताउनुभयो । कुन जिल्लामा कति मतदान स्थल थपिए भन्ने विस्तृत विवरण विस्तारै सार्वजनिक हुने उहाँले बताउनुभयो ।

आयोगले मतदान स्थल थपेपछि मतदातालाई मतदान गर्न थप सहज हुने उहाँको भनाई छ । “मतदानस्थल पुनरवलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आँशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजन गर्नेलगायत कार्य सम्पन्न गरिएको छ”, उहाँले भन्नुभयो, “मतदानस्थल पुनरवलोकन कार्यमा स्थानीय तहका वडा, जिल्ला र केन्द्रीय समितिहरू तथा सबै राजनीतिक दल र सरोकारवालाले समन्वय र सहयोग गर्नुभयो ।”

एक सय बिस दल दर्ता

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन कुल १२० दल दर्ता भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । १० देखि १४ गतेसम्म छ वटा दल दर्ता भएको उहाँले बताउनुभयो । आयोगले दल दर्ताको प्रक्रिया जारी राखे पनि आगामी फागुन २१ गतेको निर्वाचनको प्रयोजनका लागि अब दल दर्ता नहुने उहाँले बताउनुभयो । पछिल्लो दर्ता भएका दलमा नागरिक बचाउ दल नेपाल, नेपाल जनसेवा पार्टी, उन्नत लोकतन्त्र पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, आवाज पार्टी, समावेशी समाजवादी पार्टी रहेको उहाँले बताउनुभयो ।

“आयोगमा कतिपय दलले संयुक्त रूपमा एउटै चुनाव चिह्न लिएर लड्छौँ भनेका थिए । आयोगले दल दर्ताको म्याद थपेपछि कतिपय दलले एकल चुनाव चिह्न लिएर लड्छौँ भनेपछि दलको सङ्ख्या बढ्न गयो”, सूचना अधिकारी घिमिरेले भन्नुभयो, “आयोगमा दल दर्ता गर्न र एकल चुनाव चिह्न प्रयोग गर्नका लागि प्राप्त भएका निवेदनहरूको जाँचबुझ गरेर मङ्सिर २० गते मान्यता दिइने छ ।”

सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.