• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

नेपाल विचरणमा प्रेमिल चरा

  •   मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित

काठमाडौँ, मङ्सिर १६ गते । भूगोलसँगै सुन्दर प्रकृतिमा रमाउन विदेशी मानिस मात्र होइन, सुन्दर चरा पनि बर्सेनि नेपाल आउने गर्छन् । हिउँदमा हिमालदेखि तराईसम्मको फरक भूगोल र मौसमको रसास्वादन गर्न कैयौँ हजार किलोमिटरको दुरी तय गर्दै चरा नेपाल आएर विचरण गरिरहेका छन् ।

तीमध्ये केही सुन्दर चरा छन्, जसले हेर्नेको मनै हर्छ । नेपाल आएर रम्न थालिसकेको जोडी चरा हो कैले चाँचर । माथिपट्टि गाढा सुन्तला रङमा थोरै चहकिलो कालो मिसिएको यो चराका भालेपोथी निकै सुन्दर हुन्छन् । पोथीभन्दा भालेको रङ घामको किरणमा अझ चम्किन्छ ।  मङ्गोलिया र चीनको उत्तरी भेगबाट गत महिनादेखि नेपाल आएका कैले चाँचरका जोडी नेपालका प्राकृतिक छटाको आनन्द लिँदै प्रेमालाप गरिरहेका भेटिन्छन् ।

वरिष्ठ चराविद् डा. हेमसागर बरालले भन्नुभयो, “बर्खामासमा चरा प्रायः बच्चा कोरल्न नेपाल आइपुग्छन् तर हिउँदयाममा आउने भनेको जोडीसँगै प्रेम साट्दै रम्नै आउने हुन् ।”

भाले भुर्र उड्दा पोथी पनि च्याँ च्याँ गर्दै पछि पछि उड्छे । एकछिन पनि एकअर्कोलाई नछाडी कहिले पहारिलो घाम त कहिले शीतल छायामा कैले चाँचर जोडी रमाउने गर्छन् । यतिबेला काठमाडौँको फूलचोकीडाँडामा कैले चाँचरका जोडी बास बसेका छन् । पोखरा जस्तै मध्यपहाडी इलाकामा चाँचरका जोडीले माया साटिरहेका भेटिन्छन् ।

जोडीसँगै रमाउन आएको अर्को सुन्दर चरा हो भुइँचिल । चिल प्रजातिमध्ये सबैभन्दा कम उचाइमा उड्ने र बास पनि भुइँमै बस्ने भएकाले यसलाई नेपालीमा भुइँचिल भनिएको बराल अथ्र्याउनुहुन्छ । चहकिलो कालो र सेतो रोगनले चमक्क चम्कँदा जोकोहीको नजरमा यो चरा पर्छ । सेतो र कालो दुई वटा रङसँगै पहेँलो खुट्टा बनाएर प्रकृतिले सुन्दर ढङ्गले सिँगारेको चरा भनेर भुइँचिललाई मानिन्छ । प्रायःजसो उत्तर भारत र चीनबाट नेपालका समथर क्षेत्रमा जोडीसँगै भुइँचिल रमाउने गर्छन् । यो पनि बच्चा हुर्काएर गुँडबाट उडाएपछि हिउँदमा नेपाल घुम्न आउने चरामध्येमा पर्छ । बरालले थप्नुभयो, “पहिले पहिले तराईका घाँसे मैदान र किसानका खेतबारी आसपास निकै देखिन्थ्यो, अचेल निकै कम आउन थालेका छन् ।” किसानको साथी बनेर यसले खेतबारीका मुसा, छेपारा र दुलोमा बस्ने जीवलाई खाएर बाली जोगाउन सघाउने गर्छ ।

गरुड प्रजातिमध्ये कालो गरुडको जोडी पनि हिउँदमा आउने सुन्दर चरामा गनिन्छ । बराल सुनाउनुहुन्छ, “कालो पनि के राम्रो भन्लान् तर कालो शरीरमा चम्किने रातो ठुँड र रातै खुट्टाले अरू चराभन्दा सुन्दरतामा कुनै कमी देखिन्न ।”

करिब तीन किलो तौलको ठुलो शरीर बोकेर चीनको माथिल्लो भूगोल, किर्गिस्तान, काजकिस्तान, पूर्वी युरोप, मङ्गोलिया र रुसको दक्षिणी भेगबाट चार हजार किलोमिटरभन्दा बढीको दुरी पार गरेर कालो गरुड नेपाल आइपुगेका हुन् । हिमालदेखि तराईसम्मका नेपालका सिमसार क्षेत्र बर्दिया, चितवन, शुक्लाफाँटा, कोशीटप्पु आदिमा कालो गरुडका जोडी माया साटिरहेका छन् । यसले १२ घण्टासम्म आकाशमा लगातार उडेपछि बास बस्दै बस्दै करिब महिनासम्मको यात्रा तय गर्छ ।

माया साट्न आउने अरू सुन्दर जोडीमा हाँसका समूह पनि पर्छन् । फुर्के हाँस र मणि तुण्डक हाँस सबैभन्दा सुन्दर मानिन्छ । फुर्के हाँस साइबेरिया र जापानका उत्तरी भेगबाट नेपाल आइपुगेका छन् ।

बरालका अनुसार मणि तुण्डक हाँसको गाढा टल्कने हरियो टाउको र सेतो कालो शरीरसँगै रातो ठुँड र खुट्टाको सुन्दरताले कहिलेकाहीँ डाँफे चराकै झल्को मेटाउने गर्छ । यो चरा पनि बचेरा हुर्काइसकेर रुस र त्यसभन्दा परदेखि नेपाल घुम्न आउने गर्छन् । फुर्के हाँस शाकाहारी हुन्छ भने मणि तुण्डक हाँस मांसाहारी हुन्छन् । फुर्के हाँस चितवन, कोशी, जगदीशपुर ताल र फेवाताललगायतमा आइसकेको चराविद् टीकाराम गिरीले बताउनुभयो । मणि तुण्डक हाँस भने ताजा पानी बग्ने नदी आसपास चखेवाका जोडी सँगसँगै रमाउने गर्छन् । गिरीका अनुसार हिउँदमासमा आउनेजति चरा लगभग नेपाल आइसकेका छन् । अर्को महिना यसरी आएका चराको गणना गरिँदै छ ।चाँदनी हमाल

मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.