प्रधानमन्त्री सुशीला कार्कीले ज्यापु दिवसले जातीय सद्भाव र एकताको सन्देश दिएको बताउनुभएको छ ।
ज्यापु संस्कृत विकास कोषले काठमाडौँको वसन्तपुर डबलीमा आयोजना गरेको २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
‘उपत्यकाको मलिलो भूमिमा पसिना बगाएर अन्न फलाउने र सांस्कृतिक चाडपर्वका माध्यमबाट समाजलाई जीवन्त राख्ने काममा ज्यापु समुदायको योगदान अतुलनीय छ’, प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘यस दिवसले हामी सबैलाई जातीय सद्भाव र एकताको सन्देश दिन सकेको छ भन्ने मलाई लाग्छ। हामी सबै मिलेर अगाडि बढ्दा हाम्रो मौलिक संस्कृति र समुदायको विकास एवं संवर्धन सम्भव छ।
ज्यापु संस्कृति विकास कोषले यस दिशामा गरिरहेको अथक प्रयासका लागि म विशेष धन्यवाद दिन चाहन्छु।’
तपाईको प्रतिक्रिया


