जेठ ४ , चितवन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका मदन भक्त अधिकारी १६,४५५ मतसहित निर्वाचित भए । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का छत्र राज पौडेलले १३,६०६ मत प्राप्त गरे । पौडेल गैंडाकोटका निवर्तमान प्रमुख हुन् ।
उप्रप्रमुखमा पनि नेपाली कांग्रेसकी शान्ती कोईराला १६,११४ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका तुलाराम पौडेलले ८,६४० मत पाए ।
कांग्रेसले गैंडाकोट नगरपालिकामा ११ वडा अध्यक्षमा जित हासिल गरेको हो । त्यस्तै एमालेले ६ वडामा वडा अध्यक्ष प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले १ वडामा वडा अध्यक्ष पदमा विजयी हासिल गरेको छ ।
तपाईको प्रतिक्रिया


