मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले शपथ लिनुभएको छ ।
आइतबार मधेशको राजधानी जनकपुरधामस्थित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।
यादव मधेश प्रदेश सरकारको दोस्रो कार्यकालको पाँचौँ मुख्यमन्त्रीको रूपमा शपथ लिनुभएको हो ।

यस्तै मधेश प्रदेशमा आज तीन नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, नेपाली कांग्रेसका जंगीलाल राय र नेकपा एसका कनिश पटेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
जनमतका यादवलाई अर्थमन्त्री, राय र पटेललाई बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गराइएको हो ।
तपाईको प्रतिक्रिया


