• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

पोखरा विमानस्थल प्रकरण: थप तीन विषयमा अनुसन्धान हुँदै

  •   मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आठ अर्ब ३६ करोड ७३ लाख रुपियाँ अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गर्यो । राजनीतिज्ञ, उच्च प्रशासक र प्राधिकरणका कर्मचारीसमेत ५५ जनालाई प्रतिवादी बनाइए पनि अनियमितता आशङ्का गरिएका सबै विषयमा मुद्दा चलाइएको छैन । अख्तियारकै अनुसार आयोजना निर्माण प्रक्रिया र निर्णयबारे अझै तीन विषयमा छुट्टाछुट्टै अनुसन्धान जारी छ ।

अख्तियारले आइतबार विशेष अदालतमा अभियोग दर्ताकै क्रममा फरक तीन विषयमा अनुसन्धान भइरहेको निर्णयबारे उल्लेख गरेको छ । अख्तियारका अनुसार कर छुट, छिनेडाँडा/रिट्ठेपानी डाँडा कटान र परामर्शदाता नियुक्तिको विषयमा अनुसन्धान अधिकारी तोकेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पनि यी विषयमा अनियमितताको प्रश्न उठाएर थप अनुसन्धानका लागि अख्तियारलाई निर्देशन दिएको थियो ।

पछिल्लो समय अख्तियारले फरक प्रकृतिका घटना र निर्णयकर्ता फरक भएकोमा छुट्टै अनुसन्धान गर्ने गरेको छ । नेपाल सरकारविरुद्ध अनन्तराज सत्यालसमेतको मुद्दामा विशेष अदालतले फरक प्रकृति, समय र निर्णयकर्ता भएका वारदातलाई एकै आरोप दाबीमा समावेश नगर्न आदेश नै गरेको थियो । अदालतको आदेशसमेतका आधारमा अख्तियारले अहिले यस्ता विषयमा छुट्टाछुट्टै अनुसन्धान गरी मुद्दा चल्ने अवस्थामा अदालतमा मुद्दा लैजाने गरेको छ ।

अख्तियारले छुट्टै अनुसन्धान गरिरहेको कर छुट, डाँडा कटान र परामर्शदाता नियुक्तिको विषयमा लेखा समितिले पनि प्रश्न उठाएको थियो । पोखरा विमानस्थलसम्बन्धी उपसमितिको अध्ययन प्रतिवेदनमा २०७४ चैत १६ देखि २०७८ असोज १९ सम्म विभिन्न पाँच मितिमा अर्थमन्त्री र अर्थसचिव स्तरको निर्णयबाट कर छुट दिइएको उल्लेख छ । मूल सम्झौताको प्रावधानविपरीत दुई अर्ब २२ करोड ४० लाख रुपियाँ कर छुट दिइएको लेखाको उपसमितिको दाबी छ । महालेखा परीक्षकको कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा पनि उक्त कर छुटमा प्रश्न उठाउँदै असुलउपर हुनुपर्ने औँल्याइएको छ ।

मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.