• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

ओली र पोखरेलबिच प्रतिस्पर्धा हुँदै

  •   सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित

काठमाडौँ, मङ्सिर २९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी ११ औँ महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदै छ ।

निर्वाचन जित्नेमा ढुक्क देखिनुभएका ओलीले  अध्यक्ष पदमा निरन्तरता दिने घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो, “म अध्यक्षमा  निर्विरोध हुन्छु होला ।” मुलुकको लोकतन्त्र, संविधान र अग्रगमन सङ्कटमा रहेकाले त्यसको रक्षाका लागि पनि एमाले एकताको अपरिहार्यता भएको उहाँले बताउनुभयो । एमाले फुटेर होइन, जुटेर सङ्घर्ष गर्दा उपलब्धि हात लाग्ने उहाँको  आग्रह छ ।

त्यसैगरी अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका पोखरेलले अध्यक्ष ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिनुभएको छ । पोखरेलले ओली ११ वर्ष पार्टी अध्यक्ष र छ वर्ष प्रधानमन्त्री भइसकेकाले अब गर्नुपर्ने नयाँ काम बाँकी नरहेको बताउनुभयो । “११ वर्ष पार्टी अध्यक्ष हुनुभयो । छ वर्ष प्रधानमन्त्री हुनुभयो । अब उहाँले गर्नुपर्ने नयाँ काम केही बाँकी छ जस्तो लाग्दैन,” उहाँले भन्नुभयो, “अब ओलीले यो पार्टीको अभिभावक हुनु पर्छ भन्ने ठान्छु । आम रूपमा त्यही परिस्थिति छ ।” मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमालेको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ ।

“एमालेमा दुई कार्यकाल अध्यक्ष बनेर पटक पटक सरकारको नेतृत्व गर्नुभएको ओलीसँग प्रतिस्पर्धामा आउनुभएको पोखरेल एमालेमा अहिले भएकामध्ये सबैभन्दा लामो समय केन्द्रीय कमिटीमा बसेर काम गर्ने नेतामा पर्नुहुन्छ । उहाँ २०३२ सालदेखि २०८२ सालसम्म ५० वर्ष केन्द्रीय कमिटीमा बसेर काम गर्नुभएको छ । त्यसैले पोखरेललाई ओलीले सामान्य आक्नुभएको देखिँदैन,” राजनीतिक विश्लेषक रामप्रसाद शर्मा भन्नुहुन्छ ।

आफूतिर झुकाव राख्ने नेताहरू उता नजाऊन् भन्नेतर्फ सजग ओलीले केही महिनाअघि विधान अधिवेशनबाट पारित विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पेस गरेर त्यसलाई महाधिवेशनको बन्दसत्रबाट पास गराइसक्नुभएको छ ।  बन्दसत्रअघि भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पोखरेल पक्षको असहमति भए पनि विधान संशोधन प्रस्तावलाई पारित गरेको छ ।

यसले अध्यक्ष ओली पक्षलाई टिकट बाँडफाँटमा सहज हुने भए पनि पोखरेलले पनि धेरैलाई टिकट दिन सक्ने स्थिति सिर्जना हुने स्वतन्त्र वामपन्थी विश्लेषक विदुर तिमल्सिनाले उल्लेख गर्नुभयो ।

बैठकले पार्टीको पुरानै विधान कायम राखेर अघि बढ्ने निर्णय गरेको र  विधानको मूल मर्म नबदल्ने र संरचनागत पक्षमा मात्र समायोजन गर्ने निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा ओलीलाई रोक्न सातै प्रदेशलाई समेटेर चुस्त टिम बनाउने गृहकार्यमा लागेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले उल्लेख गर्नुभयो ।

निर्वाचन तालिका सार्वजनिक 

महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन अयोगका अध्यक्ष डा. विजय सुब्बाले आइतबार साँझ प्रकाशन गर्नुभएको निर्वाचन कार्यतालिका अनुसार आइतबार साँझ ७ बजेसम्म मतदाता नामावली प्रकाशन, सोमबार बिहान ८ देखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधार, सोही दिन बिहान ९:३० बजे मतदाता नामावलीउपर गरेको दाबी विरोध र सुधारको सूचना प्रकाशन, बिहान १० बजे दाबी विरोधउपर छानबिन र निर्णय गर्ने कार्यतालिका तय भएको छ । यसै गरी २९ गते बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन, ९ देखि १२ बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण, १०ः३० देखि १ः३० सम्म उम्मेदवारको दरखास्त फाराम दर्ता, २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन,  २:३० देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ३:१० बजे उजुरीउपर छानबिन र निर्णय, ३:१० देखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ताको समय तय भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार पुस १ गते मङ्लबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ । मतदानपश्चात् सोही दिन मतगणना, निर्वाचन परिणाम घोषणा गरिने छ । निर्वाचन समितिले तोके अनुसार निर्वाचन परिणाम घोषणा र नतिजा प्रकाशनपछि शपथग्रहण गर्ने कार्यतालिका छ । एमालेले विद्युतीय भोटिङ मेसिनबाट मतदान गराउँदै छ ।

चुस्त सुरक्षा व्यवस्था, संयमित कार्यकर्ता 

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन शनिबार भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रस्टको मैदानबाट प्रारम्भ भई आइतबार काठमाडौँको भृकुटीमण्डपको प्रदर्शनी सभा हलमा बन्दसत्र सुरु भएको छ । यो महाधिवेशनको उद्घाटन समारोह तथा जुलुस प्रदर्शनका कारण त्यस क्षेत्रको ट्राफिकमा कुनै चाप नपरेको मात्र होइन, प्रदर्शनकारी र सहभागीको अनुशासन र व्यवस्थापन यस्ता समारोह आयोजना गर्ने अन्यका लागि पनि प्रेरणादायी देखिएको छ ।

महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन गर्नका लागि शनिबार देशभरबाट दुई हजार ७२१ महाधिवेशन प्रतिनिधि, हजारौँ कार्यकर्ता, पार्टीका शुभेच्छुक, आमन्त्रित पाहुना सहभागी भए ।

काठमाडौँ उपत्यकादेखि आसपासका जिल्लाका वडा कमिटीसम्मका नेताकार्यकर्ता सहभागी भएको उद्घाटन समारोह अत्यन्तै व्यवस्थित, संयमित र शान्त रह्यो । महाधिवेशनको पहिलो दिन विभिन्न स्थानबाट निकालिएको ¥याली, झाँकी र विभिन्न साङ्गीतिक कार्यक्रमसहित परेडको सुरक्षार्थ झन्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

महाधिवेशनलाई सभ्य र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न उल्लेख्य मात्रामा खटाइएका स्वयंसेवक र स्वयम् सभ्य र संयमित रूपमा प्रस्तुत महाधिवेशन प्रतिनिधि, कार्यकर्ता र सहभागीका कारण सुरक्षा व्यवस्थापन निकै सहज देखियो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण धितालले महाधिवेशनको सुरक्षार्थ सम्पूर्ण पूर्वतयारी गरी सोही अनुसार सूचना सङ्कलन, आवश्यक निगरानीसहित आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो ।

महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न स्थानबाट निस्किएका ¥याली तथा परेड र महाधिवेशन स्थलमा कुनै पनि प्रकारको घुसपैठ नहोस् भनी सबै सुरक्षा तयारी गरिएको बताउँदै धितालले भन्नुभयो, “हामीले आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेका छौँ, आयोजकले पनि उल्लेख्य मात्रामा स्वयंसेवक खटाएको र सहभागी पनि संयमित र सभ्य रूपमा प्रस्तुत हुनुभएका कारण अहिलेसम्म कुनै समस्या उत्पन्न भएको छैन ।”

पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोह र प्रदर्शनहरू पनि व्यवस्थित र अनुशासित रूपमा हुँदा त्यस क्षेत्रको ट्राफिकमा पनि खासै समस्या परेन । बन्दसत्र चलिरहेको भृकुटीमण्डप क्षेत्रको आसपासको सुरक्षा व्यवस्थापन चुस्त पारिएको छ ।

सो स्थानमा हाल झन्डै एक हजार प्रहरी विभिन्न चोक, नाका र कार्यक्रम स्थल आसपास खटाइएको छ । कार्यक्रम स्थलको सम्भावित सुरक्षालाई ध्यानमा राखी पहिलो र दोस्रो घेरा तयार गरी सुरक्षा प्रदान गरिएको छ ।

त्यसै गरी उल्लेख्य मात्रामा सादा पोसाकका सुरक्षाकर्मी, ट्राफिक प्रहरी, सर्भिलेन्स टिम, क्राइम डिटक्सन, डग स्न्यापिङ, विस्फोटक पदार्थ पहिचान तथा निष्व्रिmय पार्ने विशेष टोलीसहित वाटरक्याननसमेत तयारी अवस्थामा राखिएको छ ।

सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.