कपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित हुनुभएको छ ।
पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले १७३७ मत प्राप्त गर्नुभएको छ । प्रतिशतमा यो ७८ प्रतिशत मत हो ।
सोहीअनुसार सर्वाधिक दोस्रो बढी मत अध्यक्ष केपी शर्मा ओली १६६३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँलाई ७५ प्रतिशत मत प्राप्त भएको छ । सचिवमा तेस्रो बढी मत ल्याएर महेश बस्नेत सचिव पदमा निर्वाचित हुनुभएको छ । उहाँलाई १५४४ मत प्राप्त भएको छ ।
प्रतिशतमा यो ६९.३३ प्रतिशत मत हो ।
तपाईको प्रतिक्रिया


