• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

अस्थायी मतदाता नामावली आगामी सातादेखि सङ्कलन

  •   सोमबार, पुष १४, २०८२ मा प्रकाशित

निर्वाचन आयोगले आगामी सातादेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।

आयोग पदाधिकारीको बैठकले अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम स्वीकृत गरेपछि सङ्कलन कार्य सुरु हुने भएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पुस १९ देखि माघ १८ गतेसम्म अस्थायी मतदाता नामावलीमा नाम समावेश हुने जानकारी दिनुभयो । स्वीकृत कार्यक्रमबमोजिम कर्मचारी कार्यरत कार्यालयका प्रमुखले मतदाताको नाम प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने छन् । अस्थायी मतदाता नामावलीमा नाम दर्ता गराउने मतदाताले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्रै मतदान गर्न पाउने छन् ।

आयोगको मतदाता नामावली ऐन, २०७३ को दफा ३० र मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ ले अस्थायी मतदातालाई परिभाषित गरेको छ । सोबमोजिम नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी अस्थायी मतदाता हुन् । तर अस्थायी मतदाता नामावलीमा नाम हुन निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको मतदाताको अन्तिम नामावलीमा नाम हुनै पर्ने छ ।

त्यसै गरी ऐन र कार्यविधिले निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, विभिन्न तहको सरकारको स्वीकृत लिई सञ्चालनमा भएको वृद्धाश्रममा बसेका व्यक्ति, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीले अस्थायी मतदाताको रूपमा परिभाषित गरेको छ ।

कार्यालय प्रमुखले प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाएको विवरणबमोजिम प्रमुख अधिकारीले त्रुटि सच्याउनका लागि विवरण प्रकाशन गर्ने, संशोधित अस्थायी नामावली प्रकाशन गर्ने, दाबी विरोधका लागि निवेदन लिने तथा सो उपर जाँचबुझ गरी अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने छन् । यी प्रक्रिया पूरा भएपछि अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ को दफा ८ अनुसार जिल्ला अस्थायी मतदाता नामावली सङ्कलन तथा व्यवस्थापन समितिको निर्णयबाट अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन हुने छ ।

आयोगले सुरक्षाकर्मी, कर्मचारी तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि अस्थायी मतदान केन्द्र तोक्ने छन् । तोकिएको मतदान केन्द्रमा अस्थायी मतदाताले मतदान गर्न पाउने छन् । आयोगका अनुसार निर्वाचनमा खटिने कर्मचारी समेत अस्थायी मतदाता अन्तर्गत पर्ने छन् ।

निर्वाचनमा करिब दुई लाख कर्मचारी (जनशक्ति) परिचालन हुने छन् । त्यसै गरी म्यादी प्रहरीसहित करिब तीन लाख पचास हजार सुरक्षाकर्मी परिचालन हुने छन् । यसरी करिब पाँच लाखको हाराहारीमा अस्थायी मतदाता रहने अनुमान गरिएको छ ।

 

सोमबार, पुष १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.