काठमाडौँ, पुस २० । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीविरुद्ध लागुऔषध कारोबार तथा आतङ्कवादसम्बन्धी अभियोग लगाउने घोषणा गरेको छ।
अमेरिकी महान्यायाधिवक्ताले मादुरो दम्पतीविरुद्ध मुद्दा दायर गर्ने निर्णय सार्वजनिक गरेका हुन्। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई अमेरिकी सेनाको विशेष इकाइ डेल्टा फोर्समार्फत पक्राउ गरी देश बाहिर लगिएको दाबी सार्वजनिक रूपमा गरेका छन्।
बीबीसीका अनुसार अमेरिकी सेनाको डेल्टा फोर्सले मादुरोलाई नियन्त्रणमा लिएको बताइएको छ। डेल्टा फोर्स अमेरिकाको शीर्षस्तरीय प्रतिआतङ्कवाद सैन्य एकाइका रूपमा चिनिन्छ।
यस घटनाबारे भेनेजुएलाली सरकारको औपचारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भइसकेको छैन। अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा यस घटनाले ठूलो तरंग पैदा गरेको छ।
तपाईको प्रतिक्रिया


