पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २बाट उम्मेदवारी फिर्ता लिने निर्णय गर्नुभएको छ।
गोरखा २ बाट उम्मेदवार बन्नुभएका उहाँले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर यस्तो निर्णय गर्नुभएको हो । उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिनु भएको थियो ।
उहाँको सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि फिर्ता लिने निर्णय भएको हो । उहाँले आजै वारेसनामा मार्फत उम्मेदवारी फिर्ता लिन लाग्नुभएको छ ।
गोरखा २ बाट भट्टराई यसअघि निर्वाचित भइसक्नुभएको छ। ०७९ निर्वाचनमा भने भट्टराईले प्रचण्डलाई सहयोग गरेर आफू अब उम्मेदवारी नदिने बताउँदै आएका थिए । यसपटक पनि उहाँ चुनाव नलड्ने बताउँदै आउनुभएको थियो तर मनोनयनको दुई दिनअघि मात्रै निर्णय गरेर गोरखा पुग्नु भएको थियो ।
गोरखा २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे), रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार छन् ।


