• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

प्रेम र महिला संवेदनाको सशक्त प्रस्तुति ‘कुमारी’ : समीक्षकबाट ४ स्टार

  •   सोमबार, माघ २६, २०८२ मा प्रकाशित

काठमाडौं , माघ २६
दिनेश राउत निर्देशित हाल प्रदर्शनरत नेपाली चलचित्र ‘कुमारी’ ले समीक्षक र दर्शक दुवैबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। विशेषतः चलचित्र समीक्षकहरूले यसको प्रेम कथा, मौलिक कथावस्तु र सांस्कृतिक प्रस्तुतीको खुलेर प्रशंसा गर्दै चार स्टारसम्मको रेटिङ दिएका छन्।

प्रेम कथा र महिला संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रलाई समीक्षकहरूले “धमाकेदार” तथा “लामो समयपछि आएको उत्कृष्ट नेपाली चलचित्र” का रूपमा व्याख्या गरेका छन्। समीक्षामा चलचित्रको पटकथा, निर्देशन र प्रस्तुतिको उच्च प्रशंसा गरिएको छ। एक समीक्षकले लेखेका छन्, “यो चलचित्र विशेष गरी छोरीहरूले हेर्नै पर्ने खालको छ। केही पुरुष दर्शकहरूले कथाको गहिराइ तुरुन्तै नबुझे पनि महिला दर्शकका लागि यो चलचित्र अत्यन्तै मर्मस्पर्शी र अर्थपूर्ण छ।”

चलचित्रले सामाजिक संस्कार, परम्परा र संस्कृतिलाई पर्दामा सुन्दर र कलात्मक ढङ्गले प्रस्तुत गरेको पक्ष पनि समीक्षकहरूले मन पराएका छन्। समीक्षकहरूका अनुसार चलचित्रको सबैभन्दा सबल पक्ष यसको कथा वाचन शैली हो, जसले महिलाको कुमारीत्वसँग जोडिएका पारिवारिक, सामाजिक र मनोवैज्ञानिक पाटोलाई गहिराइमा उजागर गरेको छ।

समीक्षकहरूले चलचित्रको सस्पेन्स र भावनात्मक पक्षले दर्शकलाई अन्तिमसम्म बाँधिराख्न सफल भएको बताएका छन्। प्राविधिक पक्ष र कलाकारहरूको अभिनयको प्रशंसा गर्दै यसलाई चार स्टार योग्य चलचित्रको रूपमा मूल्याङ्कन गरिएको छ। समीक्षकहरूको बुझाइमा ‘कुमारी’ केवल मनोरञ्जनका लागि मात्र होइन, समाजमा गम्भीर विमर्श सुरु गर्ने क्षमता भएको चलचित्र हो। परम्परागत प्रेमकथाभन्दा फरक शैली अपनाउँदै, प्रेम र समाजभित्र अन्तर्निहित महिला संवेदनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ।

चलचित्रमा अभिषेक खड्का, आकृति राजभण्डारी, मधु खड्का लगायत कलाकारहरूको सशक्त अभिनयले कथालाई जीवन्त बनाएको छ। युवा पुस्ताको रुचि र अपेक्षालाई सम्बोधन गर्न सफल भएकाले हलमा युवा दर्शकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

समग्रमा, मौलिक नेपालीपन, सशक्त अभिनय र बलियो पटकथाको खोजीमा रहेका दर्शकका लागि ‘कुमारी’ एक ‘मस्ट वाच’ नेपाली चलचित्र बनेको निष्कर्ष समीक्षकहरूले निकालेका छन्।

सोमबार, माघ २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.