• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

वेस्ट इन्डिजसँग नेपाल नौ विकेटले पराजीत,समूह चरणबाटै बाहिर

  •   आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित

काठमाडौँ, फागुन ३ गते । नेपाल आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको छ । समूह ‘सी’अन्तर्गत मुम्बईस्थित वनखेडे मैदानमा आइतबार भएको खेलमा नेपाल टेस्ट टोली वेस्ट इन्डिजसँग नौ विकेटले स्तब्ध बन्यो ।

समूहमा लगातार तेस्रो हार खेपेसँगै नेपाल बाहिरिएको हो । नेपाललाई हराएसँगै लगातार तेस्रो जित निकालेको वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरेको छ ।

समूहमा ६ अङ्क बनाएको वेस्ट इन्डिज शीर्षस्थानमा छ । समान खेलबाट चार अङ्क बनाएको इङ्ल्यान्ड दोस्रो स्थानमा छ । स्कटल्यान्ड र इटालीले दुई दुई अङ्क बनाएको छ । समूहमा अङ्कको खाता खोल्न नसक्ने टोली नेपाल मात्र हो ।

नेपाल यसअघि पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै जित नजिक पुगेपनि चार रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेको नेपालले विश्वकप डेब्यू टोली इटालीलाई १० विकेटको लज्जासपद नतिजा सुम्पिएको थियो ।

जितका लागि एक सय ३४ रनको सामान्य लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । वेस्ट इन्डिजका लागि ओपनर ब्रान्डन किङले २२ रन बनाउनुभयो ।

यस्तै कप्तान साई होपले अविजित अर्धशतकीय इनिङ्स खेल्नुभयो । ६० रन बनाउनुभएका उहाँले पाँच चौका र तीन छक्का हान्नुभयो । सिमरन हेटमायरले अविजित ४६ रन बनाउनुभयो । उहाँले ३२ बलमा चार चौका र दुई छक्का हान्नुभयो । बलिङमा नेपालका नन्दन यादवले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ्सको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । सुरुवातमा खराब ब्याटिङको सामना गरेको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्नुभयो । सर्वाधिक ५८ रन बनाउनुभएका उहाँले तीन चौका र तीन नै छक्का हान्नुभयो ।

यससँगै दीपेन्द्रसिंह टी–२० विश्वकपमा अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बन्नुभएको छ । यसअघि सन् २०१४ को विश्वकपमा सुवास खकुरेलले अर्धशतक बनाउनुभएको थियो ।

यसअघि पावर प्लेमै तीन विकेट गुमाएको नेपालका ओपनर कुशल भुर्तेल एक रनमा आउट हुनुभयो । यस्तै आशिफ शेख ११ रन जोड्दै पेभेलियन फर्कनुभयो ।

कप्तान रोहित पौडेल पाँच र आरिफ शेख  दुई रन जोड्दै बाहिरिएपछि नेपालको आशा दीपेन्द्रसिंह र लोकेश बममा रहेको थियो । लोकेश १३ रनमा क्याच आउट हुनुभयो ।

त्यसपछि गुल्शन झाले ११ रन बनाउनुभयो । सोमपाल कामीले अविजित २६ रन बनाउनुभयो । उहाँले १५ बलमा चार चौका हान्नुभयो । सोमपाल नेपालका लागि लगातार तेस्रो विश्वकप खेल्ने एक्लो खेलाडी समेत बन्नुभएको छ । करण केसी एक रनमा क्याच आउट हुनुभयो ।

बलिङमा वेस्ट इन्डिजका जासोन अहोल्डरले चार विकेट लिनुभयो । उहाँले पूरा चार ओभर बलिङ गर्दैै २७ रन खर्चिनुभयो । यस्तै म्याथ्यु फर्ड, अकिल हुसेन, समर जोसेफ र रोस्टोन चेसले एक एक विकेट लिनुभयो ।

नेपालले अब समूह चरणको अन्तिम खेल फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालका लागि उक्त खेल प्रतिष्ठाको लडाईं हुनेछ ।

नेपालले समग्रा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।

आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.