जेठ ९ ,चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार ६ सय ५१ मतले अग्रता लिएकी छिन् ।भरतपुर महानगरको कुल खसेको मत १ लाख २७ हजार ५ सय ६५ मा १ लाख १२ हजार ६ सय ६७ मत मतगणना हुदा रेनुले ४५ हजार २ सय ८९ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार ७ सय ३८ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ८ सय २२ मत पाएका छन् ।रेनु र जगन्नाथबीच ३१ हजार ५ सय ६७ मतको अन्तर छ ।अब १५ हजार मतगणनाहुन् बाकी रहदा रेनु दाहाल जितको नजिक पुगेकी हुन् ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ४६ हजार ४ सय ७१ मत प्राप्त गरेका छन् चने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७ हजार ४ सय ४ मत पाएकी छिन्।

तपाईको प्रतिक्रिया


