• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

औद्योगिक प्रदूषण घटाउन विश्व बैङ्कको ऋण

  •   बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित

उद्योगबाट निस्कने दूषित वायुका कारण पर्न सक्ने असर कम गर्न विश्व बैङ्कले नेपाललाई करिब सात अर्ब ६० करोड रुपियाँ ऋण उपलब्ध गराउने भएको छ । नेपाल स्वच्छ वायु र समृद्धि परियोजनाका लागि उपलब्ध गराइने उक्त ऋण विश्व बैङ्कको बोर्ड बैठकले स्वीकृत गरेको हो ।

यस परियोजनाले मुख्य रूपमा उद्योगधन्दा एवं व्यावसायिक भवनबाट निस्कने दूषित वायु कम गरेर वायुको गुणस्तर व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो परियोजना वायुप्रदूषणबाट अत्यधिक प्रभावित हुने काठमाडौँ उपत्यका, तराई र आसपासका पहाडीक्षेत्रमा कार्यान्वयन हुने छ ।

“वायुप्रदूषण केवल सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित जोखिम मात्र होइन यो त नेपालका लागि आर्थिक भार पनि हो,” विश्व बैङ्कको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भन्नुभयो ।

वायुप्रदूषणका कारण स्वास्थ्य र गुमेको श्रम उत्पादकत्वसमेत जोड्दा नेपालले प्रत्येक वर्ष कुल गार्हस्थ उत्पादनको छ प्रतिशतको अतिरिक्त भार बेहोर्नु परेको उहाँको भनाइ छ ।

यस परियोजनाले हरित र प्रभावशाली प्रविधिको प्रयोगमार्फत व्यवसाय सञ्चालन गर्ने र त्यसमार्फत लाखौँ नेपालीलाई वायुप्रदूषणको जोखिम घटाउन सहयोग पुग्ने सिस्लेनले बताउनुभयो । “यसले सञ्चालन खर्च घटाउने, प्रतिस्पर्धी क्षमता बढाउने र दिगो औद्योगिक वृद्धिलाई सहयोग पुग्ने छ,” उहाँले भन्नुभयो ।

औद्योगिक उत्सर्जन मुलुकको वायुप्रदूषणका लागि सबैभन्दा ठुलो स्रोत बन्न पुगेको पनि विश्व बैङ्कले जनाएको छ । यस परियोजनाले चार सय वटा उद्योग र व्यापारिक संस्थालाई वित्तीय तथा हरित प्रविधि प्रयोगमा सहयोग गर्ने विश्व बैङ्कले जानकारी दिएको छ । यस अन्तर्गत विद्युतीय बोइलरको प्रयोग, आधुनिक बायोमास र अत्याधुनिक उत्सर्जन नियन्त्रण प्रविधि कार्यान्वयन गरिने पनि बैङ्कले उल्लेख गरेको छ । उद्योग विभाग र वातावरण विभागले नेपालका यस परियोजनाको कार्यान्वयन गर्ने छन् । त्यस्तै राष्ट्रिय वाणिज्य बैङ्क हरित प्रविधि वित्तीय सुविधा उपलब्ध गराउने संस्थाका रूपमा रहने छ । यो परियोजनालाई बेलायत र स्विट्जरल्यान्डसमेतको सहयोगमा थप ७३ करोड रुपियाँ अनुदान प्राप्त हुने छ ।

बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.