जेठ ११, चितवन । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनल पुगेको हो ।
राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।गुजरातको जितमा डेभिड मिलरले विस्फोटक ब्याटिङ गर्दै अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ खेले । कप्तान हार्दिक पाण्डयले अविजित ४० रन जोडे ।यस्तै सुबमन गिल र म्याथ्यु वेडले समान ३५/३५ रन जोडे ।राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन जोडेको थियो ।राजस्थानका लागि जोस बट्लरले ८९ रनको अर्धशतकीय इनिङ खेले ।कप्तान सन्जु सामसनले ४७ रन जोड्दा देबदुत पडिकलले २८ रन बनाए ।गुजरातका मोहमद शामी, यश डयल, साई किशोर र हार्दिक पाण्डयले एक एक विकेट लिए।
यस जितसँगै गुजरातले डेब्यु सिजनमै आईपीएलको फाइनलमा स्थान बनाएको छ ।राजस्थानलाई पनि फाइनल पुग्ने अवसर रहेको छ ।अब राजस्थानले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।इलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।


