• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

  •   बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित

मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ ।

कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइए पनि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादनमा व्यापक क्षति पुगेको जनाइएको छ, जसले विश्व ऊर्जा आपूर्तिमा अनिश्चितता थपेको छ ।

गृह मन्त्रालयका अनुसार नागरिक सुरक्षा टोलीले आगलागी नियन्त्रणमा लिए पनि साइट सुरक्षित बनाउने र चिस्याउने काम जारी छ ।

यसैबीच, इरानले यस वर्षको सुरुतिर भएको अशान्तिका क्रममा प्रहरी अधिकारीहरूको हत्या गरेको र अमेरिका तथा इजरायलको पक्षमा काम गरेको आरोपमा तीन जनालाई मृत्युदण्ड दिएको जनाएको छ । उता, कतारले आक्रमणको प्रतिक्रियास्वरूप केही इरानी कूटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ । द्वन्द्वको तनाव थप चर्किँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भए इरानको विशाल दक्षिण पार्स ग्यास क्षेत्र नै ध्वस्त पार्ने चेतावनी दिनुभएको छ ।

ट्रम्पले इजरायलले सो क्षेत्रमा आक्रमण गरेको पुष्टि गरे पनि अमेरिकालाई त्यसबारे जानकारी नभएको दाबी गर्नुभएको छ । यता, इरानले पनि आफ्नो ऊर्जा पूर्वाधारमा थप आक्रमण भए खाडी क्षेत्रका तेल र ग्यास उद्योग पूर्ण रूपमा नष्ट गर्ने चेतावनी दिएको छ ।

क्षेत्रीय शक्तिहरू पनि क्रमशः सक्रिय बन्दै गएका छन् । साउदी अरेबियाले इरानबाट भइरहेका मिसाइल र ड्रोन आक्रमणको जवाफमा आवश्यक परे सैन्य कारबाही गर्न पछि नहट्ने जनाएको छ ।

संयुक्त अरब इमिरेट्सले मिसाइल अवरोधका क्रममा खसेको भग्नावशेषका कारण आफ्ना केही ग्यास सुविधा बन्द गर्नुपरेको बताएको छ ।

यसै क्रममा होर्मुज जलडमरू नजिकै एक जहाजमा प्रक्षेप्य लाग्दा आगलागी भएको खबर आएको छ, जसले अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षामा चिन्ता बढाएको छ ।

युद्धको प्रभाव हवाई सेवामा पनि परेको छ । हङकङस्थित क्याथे प्यासिफिकले दुबई र रियादका उडानहरू अप्रिल अन्त्यसम्म स्थगित गर्ने निर्णय गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ऊर्जा र पानीजस्ता नागरिक पूर्वाधारमाथि आक्रमण रोक्न तत्काल कदम चाल्न आग्रह गर्दै सम्बन्धित पक्षहरूसँग छलफल गर्नुभएको जानकारी दिनुभएको छ ।

स्थलस्थितिमा पनि हिंसा जारी छ । इजरायलमा इरानी मिसाइल आक्रमणका क्रममा एक जनाको मृत्यु भएको पुष्टि भएसँगै मृतक सङ्ख्या १५ पुगेको छ । वेस्ट बैंकमा मिसाइलको भग्नावशेष खस्दा तीन प्यालेस्टिनी महिलाको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर रहेको बताइएको छ । यो द्वन्द्वमा प्यालेस्टिनीहरूको मृत्यु भएको पहिलो घटना मानिएको छ ।

इराकमा इरान समर्थक कातेब हिजबुल्लाह समूहले केही सर्तसहित अमेरिकी दूतावासमाथि आक्रमण पाँच दिनका लागि रोकेको जनाएको छ । उता, कुवेतले हिजबुल्लाहसँग सम्बद्ध १० जनालाई महत्त्वपूर्ण पूर्वाधारमा आक्रमणको षड्यन्त्र गरेको आरोपमा पक्राउ गरेको छ ।

युद्धका क्रममा इजरायलले वरिष्ठ इरानी अधिकारीहरूलाई लक्षित आक्रमण जारी राख्ने जनाएको छ । इरानी गुप्तचर मन्त्री इस्माइल खातिबको हत्या भएको दाबी गर्दै इजरायली सेनाले यस्तो अभियान नरोकिने स्पष्ट पारेको छ । यसै सन्दर्भमा इरानका सर्वोच्च नेता मोजताबा खामेनीले आक्रमणमा संलग्न पक्षले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।

यसबीच, साउदी राजधानी रियादमा फेरि विस्फोट सुनिएको छ भने रक्षा मन्त्रालयले ग्यास प्लान्टतर्फ गइरहेको ड्रोन नष्ट गरिएको जनाएको छ । युद्धकै प्रभावस्वरूप अमेरिकी फेडरल रिजर्भले आर्थिक अनिश्चितता बढेको उल्लेख गर्दै मुद्रास्फीतिको अनुमान बढाएको छ र ब्याजदर यथावत राखेको छ, जसले द्वन्द्वको विश्व अर्थतन्त्रमा पर्ने प्रभाव थप प्रस्ट पारेको छ ।

बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.