• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

  •   मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्महरू स्क्रिनिङ हुने भएका छन् ।‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्महरू स्क्रिनिङ गर्न लागेको आयोजकले बताएको छ ।

निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रिसियन हाउसमा फिल्महरू  ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द डिनो फ्यामिली’ र  ‘अल रङ गर्ल’ स्क्रिनिङ गर्न लागिएको अध्यक्ष केपी पाठकले जानकारी दिए ।

नेपाल र रुसबीच सांस्कृतिक आदनाप्रदानलाई प्रवर्धन र अर्को उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार गर्ने उद्देश्यले निफमा  ‘रसियन फिल्म डेज’ कार्यक्रम राखिएको पाठकले बताए ।

उनले भने, ‘नेपाली दर्शक र चलचित्रकर्मीले रिसियन चलचित्र, कला, प्रविधिबारे ज्ञान तथा त्यहाँका मेकरहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर पाउनेछन् भनेर यो कार्यक्रम समावेश गरिएको हो ।’

नेपाल र रुसबीच दौत्य सम्बन्ध स्थापित भएको ७० औं वर्ष पूरा भएको अवसर पारेर निफमा रसियन फिल्म स्क्रिनिङ गर्ने निर्णय भएको आयोजकले बताएको छ ।

निफको अन्तर्राट्रिय चलचित्र प्रतिस्पर्धामा अर्को एक रसियन फिल्म ‘द पोएट’ पनि सहभागी भएको छ । फेलिक्स उमारोभ निर्देशित फिल्म ‘द पोएट’ लोकप्रिय रुसी कवि अलेक्जेन्डर पुश्किनको जीवनीमा आधारित छ ।

यो फिल्म चैत २३ गते बिहान ११ बजे ठमेलस्थित छाया सेन्टरको हलमा स्क्रिनिङ हुनेछ ।

आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तक्र्रियात्मक कार्यक्रमहरू गरिनेछ । यी कार्यक्रमबारेका थप जानकारी निफको सामाजिक सञ्जाल र वेबसाइटबाट चाँडै सार्वजनिक हुने बताइएको छ ।

कस्ता रसियन स्क्रिनिङ हुनेछन् ?

एतिहासिक र थ्रिलर जनरामा बनेको फिल्म ‘अगस्ट’ दोस्रो विश्वको अन्तिमतिरको घटनामा आधारित छ ।  शत्रुलाई परास्त गर्न युद्धमा अगाडि बढेको सोभियत संघको रेड आर्मीलाई पछाडिबाट हुनसक्ने आक्रमण रोक्न ‘काउन्टर इन्टेलिजेन्स एजेन्सी’ले गरेको संघर्षको घटनामा आधारित रहेर यो फिल्म बनेको छ । इल्या लेबेदेव र  निकिता वैसोत्स्कीले यो फिल्म संयुक्तरुपमा निर्देशन गरेका हुन् ।

अन्तरिक्षको घटनामा बनेको क्लिम शिपेन्कोद्वारा निर्देशित फिल्म ‘द च्यालेन्ज’ अन्तरिक्षमा छायाङ्नक भएको पहिलो फिल्म हो । एक चिकित्सक अन्तरिक्ष स्टेसनमा पुगेर त्यहाँका बिरामीको शल्यक्रिया गर्नुपर्ने जटिल र साहासिक कथामा यो फिल्म बनेको छ । शून्य गुरुत्वाकर्षणमा गरिने शल्यक्रियाले यो फिल्मलाई रोचक बनाएको छ ।

एडभेन्चर र पारिवारिक जनरामा बनेको फिल्म ‘द डिनो प्यामिली’को निर्देशक म्याक्सिम भोल्कोभ हुन् । एक किशोरी झुक्किएर डाइनोसर युगमा पुगेपछि जीवन रक्षाका लागि भिमकाय जनावरसँग गरेको द्वन्द्वको कथा यस फिल्ममा प्रस्तुत गरिएको छ ।

इभानोभा लेक्जान्ड्राद्वारा निर्देशित ‘अल रङ गर्ल’ले ‘बुलिङ’को मुद्दा उठान गरेको छ । १० कक्षामा पढ्ने किशोरी मोटोपनका कारण आफ्नो एकतर्फी प्रेमीका अगाडि अपमानित भएपछि उनले गर्ने विद्रोहको कथा फिल्ममा समेटिएको छ ।

मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.