काठमाडौं, चैत्र २०
बिहीबार काठमाडौंको सुन्धारास्थित सिभिल मलमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतको प्रुमख आतिथ्यमा भएको उद्घाट समारोह पश्चात इरानी फिल्म ‘माइ डटर्ज हेयर’को स्क्रिनिङ गरी निफको सुरुवात भएको छ । हिशान्त फराहमन्दद्वारा निर्देशित उक्त फिल्मबाट निफको सुरुवात भएको हो ।
निफको पहिलो दिन सिभिल मल, ठमलेस्थित छाया सेन्टर र कलमपोखरीस्थित रसियन हाउसमा समान्नतर गतिविधि गतिविधि भएका थिए ।सिभिल मलमा अर्को फिल्म ‘तारा’ पनि प्रदर्शन भएको थियो । छायासेन्टरमा ‘द टाइट टर्न’ र ‘उडेको चरा’को स्क्रिनिङ गरिएको थियो ।
यससगै रसियन हाउसमा एआई फिल्म मेकिङ सम्बन्धी पाँच दिने वर्कसप पनि सुरुवात भएको छ।
दोस्रो दिनका कार्यक्रम
निफको दोस्रो दिन शुक्रबार ‘रसियन फिल्म डेज’को उद्घाटन कार्यक्रम रहेको छ । यो कार्यक्रम कमलपोखरीस्थित रसियन हाउसमा राखिएको छ । बिहान ११ बजे उद्घाटन कार्यक्रमसँगै फिल्म स्क्रिनिङ सुरू हुनेछ ।
भृकुटी मण्डपस्थित पर्यटन बोर्डमा दुई अन्तर्क्रियात्मक कार्यक्रम राखिएको छ । दिउँसो १२ बजे ‘कुमारी : पहिलो रङ्गिन चलचित्रको अलिखित कथा’ शीर्षकमा संवाद कार्यक्रम राखिएको छ ।
यस कार्यक्रममा नेपालको पहिलो रङ्गिन चलचित्र ‘कुमारी’का निर्देशक प्रेम बस्नेत, नायिका चैत्यदेवी सिंह र सह छायाकार मञ्जुकुमार श्रेष्ठसँग दीपक सापकोटाले संवाद गर्नेछन् ।
महानायक राजेश हमाल र बलिउड फिल्म ‘शोले’का निर्देशकबीच हुने संवाद कार्यक्रम ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ दिउँसो ३ बजेलाई राखिएको छ ।सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा फिल्म प्रदर्शन हुनेछन् ।


