• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

प्रयोगविहीन हुँदै २९ करोडको होल्डिङ सेन्टर जीर्ण

  •   बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित

कोरोना महामारीको समयमा भारतबाट आउने संक्रमित तथा शङ्कास्पद व्यक्तिहरूलाई राख्न सरकारले करोडौँ रुपियाँ खर्चेर विराटनगरमा निर्माण गरेको होल्डिङ सेन्टर अहिले प्रयोगमै नआई जीर्ण बन्दै गएको छ।

विराटनगर–१६ रानीस्थित विराटनगर जुटमिलको पाँच बिघा जग्गामा २८ करोड ९१ लाख रुपियाँ खर्चेर निर्माण गरिएको यो संरचना अहिले संरक्षण र उपयोगको पर्खाइमा जीर्ण अवस्थामा पुगेको हो।

नेपाली सेनामार्फत २०७८ सालमै निर्माण सम्पन्न गरिएको यस सेन्टरमा २२ वटा ठूला आवास हलसहित ५९ वटा भवन संरचनाहरू छन्। ती संरचनामा संक्रमितका लागि बेड, १५ वटा किचन हाउस तथा २२ वटा शौचालय र बाथरुम निर्माण गरिएका थिए। तर, निर्माण सम्पन्न भएको तीन वर्षसम्म पनि सेन्टर सञ्चालनमा आउन सकेन।

लामो समयसम्म प्रयोगविहीन हुँदा प्रिफ्याब प्रविधिबाट बनाइएका भवनहरू घाम र पानीका कारण मक्किन थालेका छन्। भवनका टिनका पाता उप्किएका छन् भने प्रिफ्याबका भित्ताहरूमा प्वाल पर्न थालेका छन्। त्यहाँ खटिएका सुरक्षाकर्मीका अनुसार सरसफाइ गर्न जाँदा पनि सामग्रीहरू टुटफुट हुने अवस्था छ।

“केही दिनअघि सरसफाइ गर्न जाँदा जे छोयो त्यही फुट्ने र भाँचिने अवस्था छ,” सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले भन्नुभयो, “आइसोलेसनमा प्रयोग गरिएका प्लास्टिकका सामग्रीहरू मक्किएका छन्, छोएपछि टुट्ने डरले सफा गर्न पनि समस्या छ।”

होल्डिङ सेन्टरको सुरक्षाका लागि अहिले नेपाली सेनाको एउटा प्लाटुन खटिएको छ। तर मानवीय गतिविधि नहुँदा र उपयोगविहीन हुँदा धाराका टुटीदेखि पानीका ट्याङ्कीसमेत बिग्रिएका छन्। विगतमा कोशी प्रदेश सरकारले यस स्थानमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको भए पनि उक्त योजना अघि बढ्न सकेन, जसका कारण विशाल संरचना उपयोगविहीन बनेको हो।

विपदका समयमा मात्र प्रयोग गर्ने उद्देश्यले बनाइएका यस्ता अस्थायी संरचनाहरूलाई अन्य समयमा कसरी उपयोग गर्ने भन्ने स्पष्ट नीतिको अभाव देखिएको छ। विज्ञहरूले यसलाई शिक्षा, तालिम केन्द्र वा अन्य अस्थायी प्रयोजनका लागि प्रयोग गर्न सुझाव दिए पनि सरकारले ठोस निर्णय गर्न सकेको छैन।

यदि भोलि कुनै विपद आइलागेर पुनः सञ्चालन गर्नुपर्ने अवस्था आएमा मर्मतका लागि मात्र पनि थप ठुलो रकम खर्च गर्नुपर्ने स्थिति छ। राज्यको करिब २९ करोड रुपियाँ लगानीमा निर्माण गरिएको यो आयोजना उचित व्यवस्थापनको अभावमा ‘बालुवामा पानी’ सरह बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यो संरचना तत्काल कुनै न कुनै प्रयोजनमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

विराटनगर–१६ रानीस्थित विराटनगर जुटमिलको पाँच बिघा क्षेत्रमा निर्माण गरिएको होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ।

बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.