• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

‘लालीबजार’ ले उठायो बादी समुदायको कथा, स्वस्तिमाको करिअरकै टर्निङ प्वाइन्ट हुने दाबी

  •   आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित

काठमाडौं, बैशाख १३
‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शन हुँदैछ । अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको उक्त फिल्मको सार्वजनिक पहिलो पोस्टरले नै दर्शकको ध्यान केन्द्रीत गरेको थियो । गर्भवती महिला शृंगार गरेर ढोकामा उभिएर हेरिरहेको पोस्टरले फिल्मको कथासार ब्याख्या गरेको थियो । सार्वजनिक ट्रेलर र गीतसङ्गीतका कारण प्रतिक्षित बनेको फिल्ममा स्वस्तिमाले बादी महिलाको भूमिका निर्वाह गरेकी छिन् ।

‘बुलबुल’ र ‘चिसो मान्छे’ पछि स्वस्तिमालाई पात्रले चर्चामा ल्याएको फिल्म ‘लालीबजार’ लाई उनले आफ्नो अभिनय यात्राको ‘टर्नीङ प्वाइन्ट’ मानेकी छिन् । अभिनय यात्रा प्रारम्भ गरेको दशकपछि पहिलोपटक अडिसन दिएर स्वस्तिमाले आफूलाई ‘लालीबजार’ को मधुवाला नामक पात्रको लागि तयार गरेकी थिइन् । फिल्मको सार्वजनिक गीत ‘मायालाई के दिउँ म बैना’ पछिल्लो समय युट्युब, टिकटक, रील्स र शट्समा लोकप्रिय छ ।

यस्तै, ’मिठो संसार’ र ‘मै राम्री छु त नी’ पनि दर्शकले रुचाएका छन् । ‘जात्रा’ देखि षट्कोण आर्ट्सले निर्माण गरेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका थिएँ । तर, यसपटक ’लालीबजार’ मा निर्देशनको जिम्मा यम थापालाई दिईएको छ । फिल्मको कथा पनि उनकै हो भने पटकथा निर्देशकद्वय भट्टराई र थापाले तयार गरेका छन् ।

षट्कोण आर्ट्सले तराईको विषयमा एउटा फिल्म बनाउने तयारी गरिरहदा पटकथामा सुझाव दिन निर्देशक यम थापासँग निर्देशक भट्टराई, निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्रीको भेट भएको थियो । सोही भेटले ’लालीबजार’ को सहकार्य जुराएको थियो । सुझाव दिन भेटघाट भएको पटकथामा छलफल भएपछि निर्देशक यम थापाले आफूसँग भएको बादी समुदायको पृष्ठभूमिमा तयार गरिएको आमा र छोरीको कथा सुनाएका थिए ।

सो कथा मन परेपछि षट्कोण आर्ट्सले फिल्म बनाउने तयारी सुरू गरेको थियो । डिजिटल माध्यममा पर्याप्त जानकारी उपलब्ध नभएपछि बर्दिया नै पुगेर अनुसन्धान गरेर फिल्मको कथालाई पूर्णता दिईएको निर्माण कम्पनिले बताएको छ । विशेषत बादी समुदायसँग जोडिएको विषय भएकाले पनि निर्माण कम्पनि षट्कोण आट्र्सले निकै गम्भीरताका साथ पटकथा तयार गरेको थियो ।

बादी समुदायले गर्व गर्न सक्ने गरी फिल्म तयार गरिएको षट्कोण आर्ट्सको भनाइ छ । शनिवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको विषयमा निर्माता म्याक्स दीपेश खत्री, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, अभिनेत्री स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, अभय बराल, गोविन्द सुनार, आशा पौडेल, समाइरा थापासँगै डेब्यु कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदीले छलफल गरे ।

विशाल थियटरमा अभिनेतासँगै निर्देशकका रुपमा काम गरिरहेका कलाकर्मी हुन् भने प्रशंसा जेनजी अभियन्तासँगै कन्टेन्ट क्रिएटरका रुपमा परिचित छिन् । यी दुवै आफ्नो डेब्यु फिल्मलाई लिएर निकै उत्साहित छन् ।

निर्माता म्याक्स दीपेश खत्री : ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ फिल्म निर्माण गरिसकेको षट्कोण आर्ट्सले फिल्म ‘लालीबजार’ सम्म आइपुग्दा विषयवस्तु उठानमा झनै गम्भीर भएको छ । हामीले आफ्ना कामहरूमार्फत आफूलाई झनै परिपक्क बनेको महसुस ‘लालीबजार’ मा आइपुग्दा भएको छ । यसपटक हामीले एउटा समुदायको पृष्ठभूमिमा रहेर आमा र छोरीको कथालाई दर्शकसामू ल्याएका छौँ । यसअघि ‘महापुरूष’ मा हामीले बुवा र छोराको कथालाई देखाएका थियौँ । विषयवस्तुका हिसाबले हामीले निर्माण गरेका फिल्म मध्ये ‘लालीबजार’ उत्कृष्ट हो ।

प्रदीप भट्टराई, कार्यकारी निर्माता,पटकथाकार : षट्कोण आर्ट्सबाट हामीले फरक कथा ल्याउने तयारी गर्दै गर्दा तराईको एउटा आइडियामा काम गरिरहेका थियौँ । त्यसमा नै सल्लाह लिन हामीले निर्देशक यम थापालाई भेटेका थियौँ । सोही छलफलमा हामीले कथा खोजिरहेको र राम्रो कथा भेटमा निर्माण गर्ने बतायौं ।

यमजीले आफूसँग भएको कथा हामीलाई दिनुभयो । त्यो पढेपछि हामीले फिल्म निर्माण गर्ने निर्णय लियौं । कथा बादी समुदायकी महिलाको भएकाले हामीले पटकथा तयार गर्दा धेरै छलफल र अनुसन्धान गर्यौं । नेपाली दर्शकलाई फरक किसिमको कथा पर्दामा ल्याउन हामीले सक्दो मेहनत गरेका छौँ । यो फिल्म हेरेपछि बादी समुदायको बारेमा दर्शकले थाहा पाउनु हुनेछ, अहिले हामी कहाँ आइरहेका धेरै जानकारी गलत पनि छन् । तर, यो विशुद्ध आमा र छोरीको कथा हो ।

षट्कोण आर्ट्सबाट बन्ने फिल्म मैले नै निर्देशन गरिरहेको छु, तर यो कथा यमजी को भएको र उहाँ बर्दियाकै भएकाले कथालाई न्याय गर्नुहुन्छ भन्ने विश्वासका साथ हामीले निर्देशनको जिम्मा दिएका हौँ । हाम्रो निर्णय सही भएको हामीलाई थाहा छ, आगामी वैशाख १८ मा फिल्म प्रदर्शन भएपछि फिल्मकर्मीसँगै दर्शकले पनि थाहा पाउनु हुनेछ ।

रवीन्द्रसिंह बानियाँ ,कलाकार : षट्कोण आर्ट्सबाट हामीले सामाजिक विषयमा फिल्म बनाउने तयारी गरिरहेकै समयमा ‘लालीबजार’ हामी कहाँ आइपुगेको हो । यो फिल्मले एउटी आमाको सङघर्षसँगै उसको ममतालाई देखाएको छ । यसमा मैले ‘टल्क जंग भर्सेस टुल्के’ पश्चात नकारात्मक भूमिका निर्वाह गरेको छु । एउटा शोसक र सामन्तको भूमिका छ । मलाई त्यो पात्र निर्वाह गर्दा नै गाह्रो भयो भने त्यहाँका दिदीबहिनीहरूले कसरी सहेर बस्नु भएको होला ? विषयको गम्भीरतालाई ध्यानमा राखेर हामीले फिल्म तयार गरेका छौँ ।

यो फिल्म कमर्सियल छ, तर यसलाई तयार गर्दा हामी बादी समुदायमै पुगेर अनुसन्धान गरेर फिल्मको पटकथा तयार गरेका हौँ । विषयको गम्भीरतालाई बुझेर हामीले काम गरेका छौँ । मैले फिल्म निर्वाह गरेको पात्रहरू समाजमा हुनु हुँदैन, त्यस्ता पात्र धर्तिमा रहन लायक छैनन् । यो फिल्ममा काम गर्दा थाहा पाएँ, हामीले वा राज्यले ती समुदायसँग जतिपटक माफी मागे पनि कम हुन्छ ।

स्वस्तिमा खड्का,कलाकार : मलाई आगामी धेरै वर्षसम्म कलाकारका रुपमा चिनाउने फिल्म ‘लालीबजार’ बन्नेमा विश्वस्त छु । यो फिल्ममा कलाकार बन्न पाएकोमा मैले आफूलाई ‘लक्की’ मान्छु । षट्कोण आर्ट्सले फिल्म निर्माण गर्ने भएकै कारण अभिनय यात्राको दश वर्ष पुरा भएपछि मैले ‘लुक टेस्ट’ का लागि अडिसन दिएर फिल्ममा छनोट भएकी हुँ ।

यो आमा र छोरीको कथा हो, तर मैले यसमा बादी महिलाको भूमिका निर्वाह गरेकी छु । आफ्नो पात्रलाई तयार गर्न म आफैँ बर्दिया पुगेर अनुसन्धान गरेकी थिएँ । निकै उमेर हुनुभएका आमाहरुलाई भेटेर कुराकानी गरेकी थिएँ । मैले देखेको र बुझेको भन्दा भिन्नै संसारमा एउटा ‘मधुवाला’ पात्र भएर बाच्न पाएँ । मेरा लागि आगामी धेरै समयसम्म सम्झिने फिल्म बनेको , ‘लालीबजार’ ।

विशाल देवकोटा, कलाकार : म थियटरमा काम गरिरहेको थिएँ । एउटा नाटक हेर्न आएपछि मलाई नोटिस गर्नुभएको रहेछ । षट्कोण आर्ट्सले फिल्म बनाउने र स्वस्तिमा खड्का जस्तो कलाकारसँग काम गर्न पाउने भएकाले दंग थिएँ । किनकि स्वस्तिमाले आफूलाई ‘बुलबुल’ र ‘चिसो मान्छे’ जस्ता फिल्ममार्फत अभिनयमा प्रमाणित गरिसक्नुभएको छ भने उहाँको कमर्सियल भ्यालूका बारेमा मैले केही भन्न पर्दैन ।

‘लालीबजार’ मा उहाँको जोडीका रुपमा काम गर्न पाउँदा मैले सिक्ने अवसर पनि पाएँ । हामी सबै कलाकारले षट्कोण आर्ट्सका बारेमा जे सुनेका थियौँ, त्यो पायौं । यस्ता फिल्महरू हल भित्र नै सकिदैनन्, घर, परिवार र गाउँ समाजमा पुग्छन्, छलफल हुन्छन् भन्ने मलाई लागेको छ ।

प्रशंसा सुवेदी,कलाकार : म अभिनय गर्ने तयारी गरिरहेकी थिएँ, केही ठाउँमा अडिसन पनि दिएकी थिएँ तर सहकार्य जुरेको थिएन । त्यसकारण पनि नेपाली फिल्मको खबर बारे म जानकार नै हुन्थे । एकदिन मलाई रवीन्द्र अंकल (रवीन्द्रसिंह बानियाँ) ले फिल्ममा काम गर्न ‘इन्ट्रेस्टेड’ हो भने आएर अडिसन देउ भन्नुभयो ।

‘लालीबजार’ का बारेमा म जानकार थिएँ, सोही कारण म अडिसन दिन पुगें । केही भिडिओ हेरेपछि र केही समय लिएपछि म छनोट भएको खबर पाएँ । पहिलो फिल्ममा नै षट्कोण आर्ट्स र स्वस्तिमा दिदी (स्वस्तिमा खड्का) सँग काम गर्न पाउँदा निकै खुसी छु । म सहरमै हुर्किएको कारणले ग्रामिण भेगको देखिनु पर्ने र लवजमा पनि काम गर्नु पर्ने थियो । मलाई कलाकार र निर्माण टिम, निर्देशकले धेरै हेल्प गर्नुभयो । वर्कशपले मलाई धेरै ज्ञान दियो, मैले सक्दो मेहनत गरेकी छु ।

आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.