• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

‘एक मुठ्ठी बादल’का कान्छा सदस्य अविरलको रोचक यात्रा

  •   बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित

काठमाडौं । आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र एक मुठ्ठी बादलमा अभिनेता अविरल प्रताप अधिकारी परिवारको सबैभन्दा कान्छो सदस्यका रूपमा देखिएका छन्। रोचक कुरा के भने, चलचित्रको निर्माण प्रक्रिया सुरु हुँदा सबैभन्दा पहिले अडिसन दिने कलाकार पनि अविरल नै थिए।

अविरलका अनुसार उनले १७ वर्षको उमेरमा अभिनयको कुनै अनुभवबिना दुई पृष्ठको दृश्य आफ्नो बुझाइअनुसार अभिनय गरेर पठाएका थिए। निर्देशक सहारा शर्माले ‘पछि खबर गर्छौं’ भनेपछि उनले करिब पाँच वर्ष प्रतीक्षा गर्नुपरेको थियो। पुनः अडिसनपछि मात्रै उनले फिल्ममा अभिनय गर्ने अवसर पाए।

उनले चलचित्रमा छनोट भएको दिनलाई जीवनकै अविस्मरणीय क्षणका रूपमा सम्झिएका छन्। ‘एक मुठ्ठी बादल’कै सुटिङका क्रममा पोखरा जाँदा उनले पहिलो पटक हवाई यात्रा गरेका थिए। अभिनय सपना पूरा हुनुका साथै पहिलो पटक प्लेन चढ्ने अनुभवले यो प्रोजेक्टलाई अझ विशेष बनाएको उनले बताएका छन्।

कलात्मक परिवारबाट आएका अविरल चर्चित कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीका नाति तथा कार्यक्रम निर्देशक अमनप्रताप अधिकारीका छोरा हुन्। पारिवारिक विरासतलाई पछ्याउँदै उनले नाटक हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन्।

फिल्ममा घरको एक्लो छोरो तथा दिदीहरूको प्रिय भाइको भूमिकामा देखिएका अविरलले वास्तविक जीवन र पर्दाको चरित्रबीच फरक अनुभव रहेको बताएका छन्। यद्यपि दिदीसँगको आफ्नै सम्बन्धका कारण चलचित्रको दिदी–भाइ सम्बन्धलाई आत्मसात गर्न सहज भएको उनको भनाइ छ।

अविरलका अनुसार ‘एक मुठ्ठी बादल’को कथा नेपालका अधिकांश परिवारसँग जोडिन सक्ने खालको छ। उनले फिल्मका हरेक पात्र दर्शकको आफ्नै परिवारको सदस्यजस्तो लाग्ने दाबी गरेका छन्।

सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा आँचल शर्मा, निशा शर्मा, शेखर चापागाईँ, उषा रजक, मनिष निरौला, गौरव विष्टलगायत कलाकारहरूको अभिनय रहेको छ।

परिवार, सम्बन्ध र भावनात्मक यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘एक मुठ्ठी बादल’प्रति दर्शकमाझ उत्सुकता बढ्दो छ।

बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.