• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

मैले मित लगाएको छैन,तर देखेको सुनेको चाहीँ छु : दयाहाङ

  •   मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित

काठमाडौं : जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यु’प्रदर्शनको संघारमा छ। पुरानो मितेरी साइनोको शिर्षक यो फिल्म देखिन्छ। किनभने नेपालमा मित लगाउने क्रम विस्तारै हराउँदै गएको आभास हुन्छ किनभने यो शब्द नै पछिल्लो समय कम सुनिन्छ। ८ वर्षअघि नै यस फिल्मका निर्माता जनक घर्ती मगर,निर्देशक अनिल मगरले यो फिल्मको परिकल्पना गरेका थिए। उनीहरुले यस फिल्मका लागि कलाकारमा दयाहाङ राईलाई छनोट गर्ने निधोमा थिए। नभन्दै उनीहरुले नाटकमा अभिनय गरिरहेका र फिल्ममा पनि उतिकै व्यस्त रहेका दयाहाङलाई सुनाए। उनले यो कथा मन पर्यो। तर समयमा यो फिल्मको काम गर्न पाएनन्। अझ भनौँ यो फिल्मको कथामा उनीहरुबीच सहकार्य गर्ने मौका जुरेन। यसबीचमा ‘घरज्वाई’निर्माण गरे। यो फिल्मको दुईवर्षपछिमा पुन ८ वर्षअघिको कथा ‘मितज्यु’को स्क्रिप्ट खोलियो। यस फिल्ममा दयाहाङ राईले समय पनि दिए। अन्तत यस फिल्ममा सौगात मल्ल,टेरिया फौजा मगर,शिशिर वाङ्देलको टिम जुट्यो। यस फिल्मका अधिकांश गीतले चर्चाको शिखर चुमिरहेको छ। फिल्मका कलाकार तथा निर्माण पक्ष प्रमोसनमा हिडिरहेका छन्। पछिल्लो समय यस फिल्ममा समावेश गीत ‘गैराघरे साइँली’ले निकै चर्चा कमाई रहेको छ। यसैबीचमा दुई अभिनेतामध्ये एक दयाहाङ राईसँग गरिएको छोटो कुराकानी :

तपाईको बिचारमा यो फिल्म ‘मितज्यू’ कस्तो कथा हो?

सरसर्ती हेर्दा यो सम्बन्धको कथा हो। विशेषगरी पारिवारिक सम्बन्ध, मित्रता र व्यवसायिकताको कथा। एउटा गाउँदेखि शहरसम्म गाडीको रुट छ, जहाँ तीन जना चालकहरूले सेवा दिइरहेका छन्। म, सौगात मल्ल र शिशिर वाङ्देल दाइका पात्र छन्। मेरो पात्रको आफ्नै पारिवारिक पृष्ठभूमि र विगत छ। गाडी चलाउने पेशामा दौडधुप र पारिवारिक जिम्मेवारीबीच उसले के सोचिरहेको छ भन्ने वरिपरि कथा घुम्छ।

यस फिल्मका पोस्टर र टिजर रिलिज भइसकेको छ,टिजर र ट्रेलरले कति कुरा खुलाउँछन?

टिजर वा ट्रेलरमा सबै कुरा देखिँदैन। कति भन्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यो फिल्ममा हरेक पात्रको आफ्नै कथा छ, जुन दर्शकले पूरा फिल्म हेरेपछि मात्रै राम्रोसँग बुझ्न सक्नुहुन्छ।

यस फिल्ममा दर्शकले उहीँ दयाहाङ राई देख्छन् कि फरक रूप?

मेरो अभिनय शैली नै पात्रको मनोविज्ञानसँग खेल्ने हो। बाहिरी हाउभाउभन्दा पनि पात्रको भित्री भावनासँग नजिक हुन रुचाउँछु। ‘मितज्यू’मा मैले निभाएको पात्र मभन्दा नितान्त फरक छ। तर मैले देखेका र महसुस गरेका यथार्थसँग जोडिएको छ। अहिलेको सामाजिक–राजनीतिक सन्दर्भसँग पनि दर्शकले यसलाई कनेक्ट गर्न सक्नुहुन्छ। यो गहिरो पात्र हो, र यस्तो पात्र पाउनु आफैंमा विशेष कुरा हो।

सौगात मल्ल सँगको केमिस्ट्री कस्तो छ? प्रतिस्पर्धा बढी कि सहकार्य?

हाम्रो उद्देश्य नै फरक–फरक छ। अघिल्ला फिल्महरू जस्तै लुट वा कबड्डी मा जस्तो सम्बन्ध यहाँ छैन। ‘मितज्यू’मा हामी किन दौडिरहेका छौँ भन्ने कुरा फरक छ। दर्शकलाई सुरुमा एउटा शंका लाग्न सक्छ, तर वास्तविक कुरा बुझ्न पूरा फिल्म हेर्नुपर्छ।

नव अभिनेत्री टेरिया मगरसँग काम गर्दा अनुभव कस्तो रह्यो?

कलाकार भएपछि नयाँ वा पुरानो भन्ने हुँदैन। त्यो कास्टिङ र स्क्रिप्टको आवश्यकता हो। मेरो लागि हरेक फिल्म नयाँ अनुभव हो। फरक मनोविज्ञान भएका पात्रहरूसँग काम गर्दा हामी आफैं पनि नयाँ रूपमा एडजस्ट हुन्छौँ। सहकार्य, बुझाइ र रुचि मिल्दै जाँदा काम सहज हुन्छ।

‘मितज्यू’मा तपाईं कसरी जोडिनुभयो?

दयाहाङ राईः निर्माता जनक घर्ती मगर र निर्देशक अनिल मगर करिब ८ वर्षअघि नै स्क्रिप्ट लिएर आउनुभएको थियो। त्यतिबेला नै कथा रोचक लागेको थियो। तर त्यतिबेला आफ्नो अनुभवले न्याय गर्न सकिन्छ कि भन्ने लागिरहेको थियो। बीचमा कोभिड आयो, केही प्रोजेक्टहरू रोकिए। त्यसपछि समय मिल्दा यो फिल्म गर्ने निर्णय भयो।

तपाईले फिल्मको नाम नै ‘मितज्यु’मा काम गर्नुभएको छ। तपाई आफैमा ‘मित’ लगाउने अनुभव छ?

व्यक्तिगत रूपमा मैले मित लगाएको छैन। तर समाजमा यसको परम्परा र महत्वबारे सुन्दै आएको छु। पहिले झगडा मिलाउन मित लगाउने चलन थियो भन्ने सुनेको छु। अहिले पनि यसलाई विभिन्न रूपमा बुझ्न सकिन्छ, जस्तो राजनीतिक सन्दर्भमा पनि ‘मित’ जस्तै सहकार्य वा गठबन्धन देखिन्छ।

मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.