• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

‘एक मुठ्ठी बादल’ले पारिवारिक र सामाजिक यथार्थ बोल्छ : सुशीला कार्की

  •   सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित

काठमाडौं, बैशाख २८
आगामी शुक्रबार अर्थात् जेठ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘एक मुठ्ठी बादल’को प्राइभेट स्क्रिनिङ गरिएको छ । जहाँ सिनेमाका हेर्न पूर्व प्रधानमन्त्री सुशीला कार्की, काँग्रेस नेता सुनिल कुमार थापा, संगीता थापा, पत्रकार नारायण वाग्ले, निर्देशक अमन प्रताप अधिकारी लगायतका थुप्रै विशिष्ट व्याक्तिहरु पुगेका थिए ।

सिनेमा हेरेर हलबाट निस्कन्दै गर्दा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले ‘एक मुठ्ठी बादल’ निकै मन परेको बताइन् । ‘म सिनेमा चाहीँ बहुत कम हेर्ने मान्छु हुँ । सिनेमा ज्यादै कम हेर्छु । अहिले हेरेँ भनेपनि पुरानो सिनेमाहरु हेर्छु । अब हाम्रो नीता जी, यो सिनेमा बनाउने मान्छे निर्माताको आमा चाहीँ एउटै कम्युनिटी न्यायधिस, उहाँहरुले निमन्त्रणा दिनु भयो । अनि त्यसपछि हुन्छ भनेर म आएँ । अब सिनेमाको मुल्याकंन भन्नु हुन्छ भने सवैले आफ्‌नो आफ्‌नो दृष्टिकोणबाट हेर्नुहुन्छ ।’

पूर्वप्रधानमन्त्री कार्कीले अगाडी भनिन्, ‘मलाई यो सिनेमा आर्ट सिनेमा जस्तो लाग्छ । दोस्रो नम्बरमा यसले अहिलेको समाज देखाएको छ । तेस्रो नम्बरमा यो मध्यम वर्गिय परिवारको कथा हो । अनि मात्र मलाई लाग्छ, दुई दिन अर्थात् एक रात र भोलीपल्टको कथा हो । अझै भनौ समाजको द्धन्द्व पनि हो । मानौं बाउआमा पुरानो पुस्ता र छोराछोरी जेन्जी । अहिलेको सन्तानमा पुरानो संस्कारलाई एसेप्ट गर्न अलि गाह्रो नै पर्छ । आधुनिक र पारिवारिक समाजबीचको टकरावलाई सिनेमामा हेर्न पाइन्छ ।’

‘त्यसमाथी मध्यम वर्गिय परिवारमा आर्थिक हैसियत नमिलेको एउटा छोरीको त्यस्तै परिवारमा विहे भएको छ । ज्वाइँ अलि हेपिएको पनि देखिन्छ । एउटा छोरी अमेरिकाबाट पढेर आएकी छ । जसको आमाबाउले आफ्‌नो सम्पत्ति बेचबाच गरेर भएपनि सन्तानको खुशीको लागि बाहिर पठाउँछन् । उसको राम्रो घर परिवारमा बिहे हुन्छ । त्यसले कसरी परिवारको असमानता देखाउँछ भन्ने सिनेमाले देखाएको छ,’ उनले भनिन् ।

यता, सुनिल कुमार थापाले पनि सिनेमाले देखाउन खोजेको सन्देश मार्मिक रहेको बताए । रियालिटी शोका निर्देशक अमन प्रताप अधिकारीले नेपालमा बनेको अहिलेसम्मकै उत्कृष्ट सिनेमा ‘एक मुठ्ठी बादल’ रहेको बताए । नेपाली सिनेमाको बारेमा कसैले सोधे ‘एक मुठ्ठी बादल’ हेर्न सिफारिस गर्न आग्रह उनले गरेका थिए ।

साहारा शर्माको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमालाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।

सिनेमामा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ । सिनेमामा मर्णा जेम्सले सिनेमाको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।

सिनेमाका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको सिनेमालाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । सिनेमालाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.