• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

स्वस्तिमाको ‘लालीबजार’ दोस्रो सातामा पनि हाउसफुलको बाटोमा

  •   शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित

काठमाडौं, जेठ ०१
गत वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ । बादी समुदायको पृष्ठभूमिमा आमा-छोरीको कथामा आधारित फिल्मलाई दर्शकले बलियो ‘वर्ड अफ माउथ’ दिएका छन् । सोही कारण फिल्मले पहिलो साताको तुलनामा शो सङ्ख्या बढी पाउनुका साथै दर्शक पनि बढी पाएको छ । फिल्मले काठमाडौँसँगै मोफसलमा पनि दर्शकको साथ पाएको छ ।

फिल्मको सार्वजनिक नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का र नव अभिनेत्री प्रसंशा सुवेदी फिचर्ड छन् । फिल्ममा यी दुईले आमा र छोरीको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा देखाईएको दृश्यलाई फिल्मको महत्वपूर्णस्थानमा प्रयोग गरिएको छ । जहाँ दर्शकले हलमा ताली र सिट्टी बजाउने गरेका छन् । एउटी आमाले आफ्नो सन्तान रक्षाका लागि जस्तो सुकै लडाई लड्न सक्छिन् भन्ने तथ्य पोस्टरले प्रस्ट पारेको छ ।

बादी समुदायका अभियन्ताले फिल्मलाई आमा र छोरीको मर्मस्पर्शी कथा रहेको भन्दै दर्शकले तारिफ गरेका छन् । सुर्खेतको लक्ष्मी चलचित्र मन्दिरमा एक सय ५० बढी बादी समुदायका दर्शकले फिल्म हेरका थिए । बादी समुदायको अभियन्ताका रुपमा चिनिएका हिरालाल बादीसँगै कुमार बादी, डोल्मा बादी, सपना बादी लगायतले फिल्म हेरेर तारिफ गर्दै उपस्थित टिमलाई धन्यवाद दिएका थिए ।

फिल्ममा शिक्षाको ज्योतिले समुदायले आफ्नो अवस्था बदल्दै साशक विरुद्ध आवाज उठाउने प्रेरणा दिएको सपना बादीले बताइन । उनले भनिन्, ‘साशकले हामी माथि गरेरको शोषणलाई फिल्मले उजागर गरेको छ । एउटी आमाले आफ्नो सन्तानका लागि राज्य, साशक, समाजसँग गर्ने सङ्घर्षले हामीलाई प्रेरणा दिएको छ । यो फिल्म हाम्रो समुदायका महिलाले हेर्नु पर्ने बनेको छ ।’

उनले फिल्म निर्माण टिमलाई धन्यवाद दिँदै आफ्नो समुदायका महिलालाई फिल्म देखाउने बताइन । उनी अगाडि देवीसरा बादी, हिक्मत बादी, रमा बादी, यस्थर बादी जस्ता अभियन्ताले फिल्म हेरेर तारिफ गरिसकेका छन् । सुर्खेतबाट सुरू भएको मोफसल भ्रमण अन्तर्गत अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा, कार्यकारी निर्माता प्रदीप भट्टराईको टोलि नेपालगंज र बुटवलका दर्शकसँग साक्षात्कार गरेर काठमाडौँ फर्किएका छन् ।

यो विकेन्डमा काठमाडौँ उपत्यका अन्तर्गतका हलमा दर्शकसँग साक्षात्कार गरेर पुनः मोफसल यात्रामा फर्किने योजना टिमको छ । मोफसल भ्रमणमा बादी समुदायबाट पाएको मायाले आफू उत्साहित रहेको अभिनेत्री स्वस्तिमा खड्काले बताइन । ‘हामीले जसको कथा र व्यथा देखाएका छौँ, उहाँहरुले नै फिल्म हेरेपछि धन्यवाद दिनुभयो । हामीले गरेको काम र फिल्ममार्फत दिन खोजेको सन्देश दर्शकले बुझ्नु भएको छ, यो नै हाम्रो सफलता हो । हामी नेपालभरका दर्शकसँग साक्षात्कार गर्दै प्रतिक्रिया लिन आतुर छौँ ।’

फिल्ममा नव अभिनेता विशाल देवकोटा र नव अभिनेत्री प्रशंसा सुवेदीको कामको तारिफ भइरहेको छ । फिल्म हेरेर निस्किने दर्शकले दुवैको कामलाई निकै तारिफ गरेका छन् । निर्माता म्याक्स दीपेश खत्रीले पहिलो दिनको तुलनामा दोस्रो हप्तामा शो सङ्ख्या बढोत्तरी भएको बताए ।

‘हामी दोस्रो सातामा अझै बढी शो सङ्ख्यासहित सिनेमाघरमा छौँ, दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन । दर्शक जुन विश्वास बोकेर फिल्म हेर्न आउनुभएको छ, फर्किंदा सन्तुष्टी देखेका छौँ । यो हाम्रो सफलता हो’, निर्माता खत्रीले भन्नुभयो ।

उनले स-परिवार नै दर्शक बनेर हल आइपुगेकाहरू फिल्म सकिदै गर्दा रुँदै बाहिरिएको बताए । फिल्मले आफ्नो आमाको महत्व र छोरी प्रतिको दायित्व झनै बढाएको प्रतिक्रिया दर्शकले दिएका छन् । एकल आमाले सङ्घर्ष गरेर छोरीलाई पढाउने विषयले आँशु रोक्न नसकेको दर्शक प्रतिक्रिया छ ।

‘लालीबजार’ निर्देशक तथा लेखक यम थापाले फिल्मको बारेमा गरिएको अड्कलबाजी फिल्म हेरेपछि स्पष्ट हुने बताए । उनले स-परिवार नै आनन्दले फिल्म हेर्न सकिने बताए । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन-जी पुस्ताकी अभियन्ताकी रूपमा परिचित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।

फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलरिस्ट रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउन्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), मिडिया संयोजक सिपी जैशी, कस्ट्युम डिजाइनर तथा स्टाइलिस्ट जानकी कडायत, मेकअप आर्टिस्ट काव्या थापा तथा सङ्गीतकार प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको योगदान रहेको छ ।

शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.